Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

घर न घाटका बाबुराम

\"baburam-bhattarai\"काठमाडौं । पार्टी परित्याग गरेको भोलिपल्ट डा. बाबुराम भट्टराईले सानेपास्थित आफ्नो निवासमा निकट माओवादी नेतहरुको भेला डाक्दा उनी नाजवाफ भएका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ आफूहरुसंग सल्लाह नै नगरी पार्टी छोडेर आफूहरुलाई घर न घाटको बनाएको भन्दै बाबुराम निकट नेताहरुले आँखाभरि आँशु पारेर गुनासो गरेका थिए । आइतबार बिहान भएको उक्त भेलामा आफूहरुलाई धोका दिएको भन्दै निटक नेताहरुले आलोचना गरेपछि बाबुराम पनि केही बोल्न सकेनन् ।   स्रोतका अनुसार पार्टी परित्याग गर्नु अघि उनले चार जनलाई मात्र जानकारी दिएका थिए । टोपबहादुर रायमाझी, वर्षमान पुन, रामचन्द्र झा र नारायणकाजी श्रेष्ठलाई उनले जानकारी गराएका थिए । अब आफूले समाजका सबै क्षेत्रलाई समेटेर बृहत समाजवादी पार्टी निर्माणको योजना बनाएको बाबुरामले आफ्ना निकटहरुलाई बताएका छन् । भत्किएको घर छाडेपछि बरु जंगलमा बस्ने तर, घर नफर्किने घोषणा उनले गरिसकेका छन् ।   संसदबाट समेत राजीनामा दिएका उनी आफूालई स्वतन्त्र अभियन्ताका रुपमा अघि बढाएर जनजाति, मधेसी, दलित नेता तथा राजनीतिमा लाग्न चाहने व्यवसायी तथा स्वतन्त्र व्यक्तिहरुलाई एकीकृत गर्ने अभियानमा छन् । त्यसको सुरुवात उनले बुधबारदेखि नै सुरु गरिसकेका छन् । बुधबार दमननाथ ढुंगानादेखि कुशकुमार जोशीसम्मलाई एकै ठाउँमा राखेर उनले तराई मधेसको समस्या वार्ताबाट समाधान गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्त निकालेका थिए । त्यसलाई कतिपयले बाबुरामले भन्दै आएको नयाँ शक्तिको प्रारुपको रुपमा लिएका छन् ।   एमाओवादीमा बाबुरामका सबैभन्दा निकट मानिएका देवेन्द्र पौडेल र गंगा श्रेष्ठ मात्र छन् । रसिया भ्रमणमा रहेकी श्रीमती हिसिला यमीले समेत एक्कासी पार्टी छोडेकोमा आश्चर्य व्यक्र गरको बताइन्छ । उनका अर्का निकट टोपबहादुर रायमाझीालई बाबुरामको भन्दा नयाँ सरकारको बढी चिन्ता छ । अरु निकट नेता पनि बाबुरामसँग चिढिएका छन् । संविधान निर्माणको क्रममा देश विखण्डनतर्फ अघि बढेको भन्दै तराई भड्काउने गतिविधि गरेको भन्दै उनी चरम अलोकप्रिय भएका छन् । भारतले नाकाबन्दी लगाएको बेला उसैलाई बल पुग्ने गरी बाबुराम लागेको भन्दै उनको चरम आलोचना भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending