काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको नयाँ संविधानप्रति भारतको कुनै असहमति नरहेको बताएका छन् ।
नेपाल–भारत मैत्री समाजले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा राजदूत रायले संबिधानमा असहमती नरहेको भन्दै सानातिना विषयका कारण दुई देशबीचको सम्बधमा भने कुनै असर नपर्ने बताएका हुन् । नेपालमा भारत बिरुद्ध आक्रोस बढ्दै गइरहेको बेला राजदुत रायको यस्तो भनाइ आएको हो ।
उनले भने ‘नेपालको संबिधान प्रति कुनै असहमती छैन तर, तराई क्षेत्रमा देखिएको आन्दोलनले हाम्रो देशलाई पनि प्रभाबित पार्ने भएकोले आन्दोलनरत पक्षको माग सम्बोधन हुने भन्ने चहान हो । ’
भारतले अघोषितरुपमा नाकाबन्दी गरेर नेपालमा पेट्रोलियमलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको विषयमा भने राजदूत रायले कुनै प्रतिक्रिया दिएनन् ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा भैरहेका आन्दोलनले भारत असुरक्षित बनेको भन्दै उनले सीमाक्षेत्रबाट आयात–निर्यात हुन नसकेको तर्क गरे ।
कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले अघोषित नाकाबन्दी बढ्दै गए त्यसबाट असहज परिस्थिति उत्पन्न आउन सक्ने बताए ।
नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री बनेपछि अत्यन्तै घनिष्ठ बनेको नेपाल–भारत सम्बन्धमा अहिलेको नाकाबन्दीले चिसोपना ल्याएको भन्दै राजदूत उपाध्यायले चिन्ता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: