काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते भएको दमन घटनाको तत्काल छानबिन गरी संलग्न व्यक्तिमाथि फौजदारी अनुसन्धान अघि बढाउन माग गरेका छन्।
सर्वोच्च अदालतमा बुधबार भएको सुनुवाइका क्रममा अधिवक्ता भण्डारीले सो घटनालाई “मानवता विरुद्धको अपराध” भन्दै त्यसमा संलग्नहरूमाथि नियमित फौजदारी कानुनअनुसार कारबाही हुनुपर्ने माग गरे।
उनले बल प्रयोग गर्न आदेश दिने प्रधानमन्त्री र गृहमन्त्रीदेखि गोली चलाउन निर्देशन दिने प्रहरी महानिरीक्षक (आईजीपी), प्रमुख जिल्ला अधिकारी र काठमाडौं प्रहरी प्रमुखसम्ममाथि कारबाही हुनुपर्ने जिकिर गरे। भण्डारीले भने, “संविधानको संरक्षण गर्न संवैधानिक इजलासले नै अन्तरिम आदेश जारी गर्नुपर्छ।”
भण्डारीले भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए। उनले जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्रै अनुसन्धान गर्न सकिन्छ भन्ने तर्क असंगत भएको उल्लेख गर्दै अदालतले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरे।
जेन–जी आन्दोलनमा भएको दमन र राष्ट्रपतिले गरेको निर्णय असंवैधानिक रहेको दाबी गर्दै युवराज पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अधिवक्ता भण्डारीले आज बहस गरेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: