Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ युगः के गर्लान भिम रावल र विद्या भण्डारी?

गुमनाम गाउँले

नेपालको कम्युनिष्ट आन्दोलन फेरि एक निर्णायक मोडमा पुगेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भएको एकताले नेपाली वाम राजनीतिलाई नयाँ दिशामा धकेलेको छ। विगतमा पटक–पटक एकता र विभाजनको चक्र दोहोर्याइरहेको वाम आन्दोलन अहिले फेरि एकीकृत शक्तिको रूपमा पुनर्जीवित हुँदैछ। तर, यो नयाँ परिदृश्यमा एउटा गम्भीर प्रश्न उठेको छ । अब भिम रावल र विद्या भण्डारी के गर्लान?

भिम रावलको वैचारिक स्थिरता र संगठनात्मक असन्तोष

एमालेभित्र लामो समयदेखि वैचारिक असहमति र संगठनात्मक असन्तुष्टिको स्वर उच्चरित हुँदै आएको छ। त्यसको केन्द्रमा प्रायः भिम रावलजस्ता नेताहरू रहँदै आएका छन्। रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र निर्णय प्रक्रियामाथि खुलेर प्रश्न उठाउँदै आएका छन्। पार्टीभित्र लोकतान्त्रिक अभ्यास, वैचारिक सन्तुलन र संगठनात्मक अनुशासनको पक्षमा बोल्दै आएका उनी हाल एमालेको नीतिगत दिशाबाट असन्तुष्ट देखिन्छन्।

अब जब माओवादी र समाजवादीबीच एकता भई नयाँ वाम ध्रुव बन्दैछ, रावलजस्ता नेताहरूको लागि राजनीतिक निर्णयको समय आएको छ। उनीसँग दुई विकल्प छन् — एक, एमालेभित्रै सुधारको प्रयासलाई निरन्तरता दिने,  अथवा नयाँ एकीकृत वाम केन्द्रमा आफ्नो भूमिका खोज्ने।

रावल वाम आन्दोलनका पुराना वैचारिक योद्धा हुन्। उनी व्यक्तिगत महत्वाकांक्षाभन्दा सिद्धान्तिक धार र संगठनात्मक शुद्धतामा जोड दिने नेताका रूपमा चिनिन्छन्। त्यसैले यदि नयाँ एकताले वैचारिक स्पष्टता र संगठनात्मक इमानदारीका आधारमा अघि बढ्ने संकेत दियो भने, रावलजस्ता नेताहरू त्यससँग सहयात्री बन्ने सम्भावना नकार्न सकिँदैन। तर, प्रश्न के छ भने  एमालेभित्र अझै ठूलो राजनीतिक पूँजी बोकेका रावलजस्ता नेताले एकैपटक बाहिरिने साहसिक निर्णय लिन्छन् कि भित्रैबाट सुधारको आन्दोलन चलाउने रणनीति रोज्छन्?

विद्या भण्डारीको भूमिकाः परोक्ष प्रभाव वा पुनःसक्रियता? 

अर्को महत्वपूर्ण नाम हो  विद्या भण्डारी । राजनीतिक रूपमा अहिले उनी औपचारिक भूमिकाबाट अलग देखिए पनि, उनी नेपालको वाम राजनीतिका निर्णायक नायिकामध्ये एक हुन् । नेकपा (एमाले) की पूर्व उपाध्यक्ष, महिला आन्दोलनकी प्रभावशाली नेतृ, र देशकी पूर्व राष्ट्रपति  यी तीनवटै भूमिकाले उनलाई वाम राजनीतिको 'संस्थागत स्मृति'  बनाएको छ । अब नयाँ वाम एकता जन्मिँदा, उनी कसरी प्रतिक्रिया जनाउँछिन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। विद्या भण्डारीका लागि पनि यो क्षण केवल अवलोकनको समय होइन, मूल्याङ्कनको पनि समय हो। उनले एमाले अध्यक्ष ओलीसँगको नातालाई प्राथमिकता दिने कि वाम आन्दोलनको दीर्घकालीन हितलाई?

भण्डारी प्रत्यक्ष रूपमा कुनै पार्टीगत भूमिकामा सक्रिय नहुन सक्छिन्, तर परोक्ष रूपमा वाम एकतालाई नैतिक समर्थन दिने सम्भावना रहेक छ भने उनले वाम आन्दोलनको संस्थागत निरन्तरता र महिला नेतृत्वको प्रतिनिधित्व सुदृढ पार्ने दिशामा आवाज उठाउन सक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

यदि नयाँ एकीकृत पार्टीले महिला सहभागिता, वैचारिक अनुशासन र राष्ट्रिय स्वाधीनतामा जोड दिन सक्यो भने, विद्या भण्डारीजस्ता अनुभवी नेतृहरूको प्रत्यक्ष वा परोक्ष समर्थन पाउनु अनिवार्य हुनेछ।

नयाँ एकतामा पुराना अनुहारहरूको भूमिका

अबको वाम एकता केवल नयाँ पुस्ताको सपना होइन; यो विगतका संघर्ष, बलिदान र अनुभवको परिणाम हो। त्यसैले भिम रावल र विद्या भण्डारीजस्ता नेताहरूको भूमिका ‘भूतपूर्व’  होइन, ‘सङ्क्रमणकालीन मार्गदर्शक’ बन्न सक्छ। रावल वैचारिक सन्तुलनका प्रतीक हुन्, भण्डारी संगठनात्मक स्थायित्व र महिला सशक्तीकरणको प्रतीक। दुवैको अनुभव नयाँ पार्टीको दीर्घकालीन दिशानिर्देशनका लागि उपयोगी बन्न सक्छ।

भविष्यको सम्भावना

अबको राजनीतिक समीकरणले के देखाउँछ भने वाम शक्तिहरू फेरि केन्द्रित हुँदैछन्। माओवादी, समाजवादी र असन्तुष्ट वाम समूहहरूबीच सहकार्यको वातावरण बनिरहेको छ। यदि यो सहकार्य वामपन्थी सिद्धान्तमा टिके र सत्ता–केन्द्रित व्यवहारबाट मुक्त रह्यो भने, नेपालको राजनीतिक स्थायित्वको आधार बन्न सक्छ।

भिम रावल र विद्या भण्डारीजस्ता नेताहरूले यदि यो प्रक्रियामा वैचारिक स्पष्टता र इमानदार सल्लाहका माध्यमबाट योगदान दिए भने, उनीहरूको भूमिका “इतिहासको दर्शक” होइन, “इतिहासको सल्लाहकार” बन्न सक्छ।

नेपालको कम्युनिष्ट आन्दोलन अहिले फेरि एउटा ऐतिहासिक मोडमा छ । एकातिर नयाँ पुस्ता उठिरहेको छ, अर्कोतिर अनुभवी पुस्ता  भिम रावल र विद्या भण्डारी  जस्ता व्यक्तित्वहरू आफ्नो राजनीतिक यात्राको निर्णायक क्षणमा छन्। अहिले उनीहरूले के गर्छन् भन्ने कुरा केवल उनीहरूको व्यक्तिगत भविष्यसँग सम्बन्धित छैन;  यो निर्णयले नेपाली वाम आन्दोलनको भविष्य पनि निर्धारण गर्नेछ।

यदि उनीहरूले व्यक्तिगत दूरीभन्दा माथि उठेर एकीकृत, सिद्धान्तनिष्ठ र जनमुखी वाम शक्तिको पक्षमा योगदान दिए । त्यो दिन नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ युगलाई इतिहासले “पूर्ण रूप” दिनेछ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending