काठमाडौं। कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क ताए योङ्गले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, पर्यटन सहकार्य, श्रम तथा रोजगार, पूर्वाधार विकास, ऊर्जा, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
कार्यवाहक राष्ट्रपति यादवले हालै सम्पन्न ‘जेनजी आन्दोलन’ को पृष्ठभूमिमा नेपालमा नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै लोकतान्त्रिक यात्राप्रति नेपालको प्रतिबद्धता दोहोराएको छन् । उनले आगामी २०८२ फागुन २१ ९५ मार्च २०२६० मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताए।
उहाँले नेपाल–कोरिया सम्बन्धको ५०औं वार्षिकोत्सव सफलतापूर्वक मनाइएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण, आपसी सम्मान र समझदारीमा आधारित रहेको बताए।
कोरियाली सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुराएको भन्दै उहाँले आगामी दिनमा सहकार्यलाई अझ गहन बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यवाहक राष्ट्रपति यादवले कोरियाली सरकारप्रति इपीएस कार्यक्रममार्फत नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै कोरियासँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको स्पष्ट पारे ।
उनले कोरियाली पर्यटकको नेपालप्रतिको आकर्षण, विशेषत: पदयात्रा र पर्वतारोहण जस्ता क्षेत्रहरूमा, उल्लेखनीय रहेको बताउँदै धार्मिक र सांस्कृतिक समानताले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गरे।
राजदूत पार्क ताए योङ्गले नेपालप्रति कोरियाली सरकारको सद्भाव, सहयोग र मित्रता निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छन् । उनले ‘जेनजी’ को माग बमोजिम बनेको नेपाल सरकारलाई कोरियाको समर्थन रहेको उल्लेख गर्दै अगामी चुनावका लागि सहयोग र शुभकामना व्यक्त गरे।
‘विगत ३० वर्षदेखि कोरियाले नेपालको शिक्षा, कृषि, आईटीको क्षेत्रमा सहयोग गर्दै आएको छ’ राजदूत योङ्गले भने, ‘‘रोजगारको सिलसिलामा कोरिया जाने नेपालीको सङ्ख्या बढाउन आफ्नो मुलुकको तयार छ।’’
उनले धेरै कोरियाली कम्पनीहरु नेपाल आउन ईच्छुक रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सशक्त बनाउने दिशामा कोरियाली पक्षबाट आवश्यक सहयोग जारी रहने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - १०:१५
मुस्ताङ। मुस्ताङमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न आहारा प्रजातिको बन्यजन्तुको सर्वेक्षण सुरू गरिएको छ । पछिल्लो बर्षमा शिकारी प्रजातिका...
आषाढ़ ४ गते, २०८३ - १०:०३
तनहुँ। दुर्घटनामा घाइते भएका तनहुँका एक युवकको मृत्यु भएको छ । व्यास नगरपालिका वडा ४ निवासी अरुण न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...



प्रतिकृया लेख्नुहोस्: