काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा लगाएर राज्यले राजनीतिक प्रतिशोध गरेको दाबी गरेको छ।
चितवनमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपाले लामिछानेविरुद्धको अभियोग नियोजित र प्रतिशोधपूर्ण रहेको उल्लेख गरेको छ। प्रतिवेदनमा छ तथ्य विशेष गरी जोडिएका छन्:
संसदीय छानबिन विशेष समितिको सिफारिस बाइपास गर्दै मुद्दा दर्ता: अन्य १४ वटा सिफारिस सामान्य रूपमा कार्यान्वयन भए पनि लामिछानेविरुद्धको सिफारिस पहिलोपटक क्याबिनेटबाट अनुमोदन गराएर लागू गरिएको।
अनुसन्धानको श्रृंखला: सुरुमा सहकारी ठगी, त्यसपछि ६० दिन थुनामा राखेर संगठित अपराध, अनि ९० दिन थुनामा राखेर सांसद पद निलम्बन गराउन सम्पत्ति शुद्धीकरणको अभियोग।
अनुसन्धानको राजनीतिक नियन्त्रण: अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट नगराई जिल्ला स्तरमा गरियो, जसलाई रास्वपाले राजनीतिक प्रतिशोधको प्रमाण भनेको छ।
अन्य राजनीतिक व्यक्तिसँग भिन्न व्यवहार: कांग्रेस सांसद माया राई, उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलकी पत्नीलाई सामान्य सोधपुछ वा सहजै उन्मुक्ति दिइए पनि लामिछानेमाथि कठोर व्यवहार।
कानुनी हदम्याद नाघाएर मुद्दा दर्ता: सहकारी ऐनअनुसार ९० दिनभित्र मुद्दा दर्ता गर्नुपर्ने भए पनि कास्कीमा समय नाघेपछि मात्र दर्ता।
थुनामै ज्यादतीपूर्ण व्यवहार: उच्च अदालतले थुनामा पठाउने निर्णय गरेको केही मिनेटमै प्रहरीले घर पुगेर ‘अन्तिम इच्छा’ सोध्ने, फरक व्यहोरा देखाउँदै कानूनी शासनको उपहास।
रास्वपाले यी तथ्य प्रस्तुत गर्दै लामिछानेमाथि र पार्टीविरुद्धको समग्र षड्यन्त्रप्रति सचेत रहन र यसको राजनीतिक तथा कानुनी प्रतिवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
हाल, सभापति लामिछाने सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...
जेष्ठ २६ गते, २०८३ - १६:५९
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...
जेष्ठ २६ गते, २०८३ - १६:४६
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...
जेष्ठ २६ गते, २०८३ - १६:३०
काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...
जेष्ठ २६ गते, २०८३ - १६:०२
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...
जेष्ठ २६ गते, २०८३ - १५:४१
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...
जेष्ठ २६ गते, २०८३ - १५:१४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...



प्रतिकृया लेख्नुहोस्: