Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

खुल्यो बारपाक सडक , आजबाट यातायात संञ्चालन

\"barpakगोरखा । गत असारदेखि अवरुद्ध हुँदै आएको गोरखाको बारपाक सडकखण्ड बुधबारबाट संञ्चालन भएको छ । एक्सकाभेटरले गत भदौ २६ गतेदेखि बालुवा–बारपाक सडकखण्ड खुलाउन सुरु गरेको थियो । अहिले जिप, ट्र्याक्टर, साना फोरह्वील ट्रक बारपाक गाउँसम्म पुगेका छन् । जिल्लास्थित सडक कार्यालयले अवरुद्ध सडक खुलाएको हो । बारपाक–४ का स्थानीयवासी तेजबहादुर घलेका अनुसार चार दिन लगाएर अवरुद्ध बाटो खुलाइएको हो । बारपाकदेखि लाप्राक हुँदै गुम्दा गाउँसम्मको बाटो पनि खुलाउने तयारी गरिएको छ । भूकम्पको केन्द्रबिन्दु बारपाक पुग्ने सडक अवरुद्ध भएपछि राहतका सामग्री ढुवानीमा समस्या हुँदै आएको थियो । अत्यावश्यक सामग्रीहरु ढुवानी सुरु गरिएपनि डिजेल अभावले धेरै गाडी गुडेका छैनन् । त्यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलका टावरहरु पनि अवरुद्ध छन् । टेलिकमको बारपाकस्थित टावरमा जडान गरेको सोलार प्यानलले काम नगरेको र एनसेलको जेनेरेटरमा डिजेल नभएपछि टावर अवरुद्ध भएको हो । ‘बाटो खुल्यो । अब मोबाइल टावरको मर्मत चाँडै हुन्छ’ घलेले भने  –‘टेलिकमका कर्मचारीले हिँडेर बारपाक जान नसक्ने भन्दै टावर मर्मत गरेका थिएनन् ।’ सिम्जुङको बालुवा बजारसम्म वर्षायाममा पनि सडक सञ्चालन हुन्छ । त्यसमाथि बारपाकसम्मको १५ किलोमिटर सडक कच्ची हो । भूकम्पले धाँजा फाँटेको डाँडामा पानी परेपछि पहिरो झरेको थियो । साथै, मान्द्रेको गोरेटो बाटो पनि स्थानीयवासीले मर्मत गरेका छन् । गोरखा बजारदेखि ५२ किलोमिटर दूरीमा बारपाक गाउँ पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending