काठमाडौं । नेपालका लागि भारतका राजदूत रणजित रायले भारतको झण्डा र पुत्ला जलाएर समस्या समाधान नहुने बताएका छन् । भारतीय दूतावासमा आज पत्रकार सम्मेलन गरेर उनले उत्त कुरा बताएका हुन ।
नेपाल भारत दुवै देशका सरकार र जनताका साथै कूटनीतिक तहमा पनि आपसी सम्बन्धलाई पुरानै अवस्थामा फर्काउने अथक प्रयास भइरहेकोले नेपालमा हाल उत्पन्न समस्या चाँडो समाधान हुने विश्वास व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध पुरानै अवस्थामा फर्कनेमा आफू ढुक्क रहेको बताएका छन् ।
उनले दुई मुलुकबीचको अहिलेको असमझदारी शीघ्र अन्त्य हुनेमा आफू आशावादी रहेको बताए ।
अहिलेको समस्या नेपालको आन्तरिक विषय हो र त्यसको समाधानका लागि यहाँको नेतृत्व वर्ग लागिपरेको छ, राजनीतिक समस्याको निकास खोज्न सम्बद्ध दलका नेता क्रियाशील रहेकाले शीघ्र निकास निष्कने विश्वास व्यक्त गर्दै उनले भने –‘ बल प्रयोग गरेर तत्कालै समस्या समाधान भए पनि त्यो चिरस्थायी हुँदैन’, सीमापारिबाट भइरहेका अवाञ्छित गतिविधि नियन्त्रण गर्न आफ्नो मुलुकका सुरक्षाकर्मी प्रयोग गर्न नसकिने स्पष्ट पारे ।
‘खुला सिमानाका कारण भारतीय भूमिमा नेपाली पुग्ने गरेका र ‘रोटीबेटीको’ द्विपक्षीय सम्बन्धमा सुरक्षाकर्मी परिचालन गर्न नसकिने उहाँको तर्क थियो । भारतले नेपाल र नेपालीलाई आदर गर्दै आएको र नेपालका सबै नेता भारतका मित्र भएका उनले बताए ।
वार्ताको माध्यमबाट समस्याको निकास खोजिनुपर्नेमा जोड दिँदै उनले आन्दोलनरत पक्ष र सरकार मिलेर अघि बढ्नु श्रेयस्कर हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: