Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

वीरगन्जमा कर्फ्यू र दङ्गा ग्रस्त क्षेत्र दुबै हट्यो

पर्सा । पर्साको वीरगन्जमा स्थानीय प्रशासनले कर्फ्यू र दङ्गा ग्रस्त क्षेत्र दुबै हटाएको छ । तराईमा जारी आमहडतालका क्रममा हिंसात्मक झडप भएपछि वीरगञ्जमा स्थानीय प्रशासनले भदौ १४ गते देखि कर्फ्यू लगाएको थियो । त्यसको भोलीपल्ट अर्थात भदौ १५ देखि वीरगञ्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गरि सेना परिचालन गरिएको थियो ।

\"Birjung\" पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले अहिले स्थिति सामान्य बन्दै गएकोले कर्फ्यू र दङ्गा ग्रस्त क्षेत्र हटाइएको जानकारी दिए । ‘केही दिनदेखि स्थिति सामान्य बनेको छ । बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू र दङ्गाग्रस्त क्षेत्र घोषणा हटाउने निर्णय गरेको हो ।’

स्थानीय प्रशासन एने अनुसार प्रमुख जिल्ला अधिकारीलाई दंगा ग्रस्त क्षेत्र घोषणा गरि लागु गर्ने समय अवधि एक महिना मात्रै तोकिएको छ । थप समय लागु गर्नको लागि गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यबस्था छ ।

यसअघि मधेशी मोर्चाले सरकार र तीन दलसँग वार्ताका लागि कर्फ्यू र दंगाग्रस्त क्षेत्र घोषणा हटाउन माग गर्दै आएको थियो भने सरकारले पनि स्थिति सामान्य बनाउन मोर्चासँग आग्रह गरेको थियो ।

आज रौतहटमा बसेको मोर्चाको बैठकले आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेलगत्तै वीरगञ्जबाट कर्फ्यू हटाइएको छ । कर्फ्यू र दंगाग्रस्त क्षेत्र घोषणा हटाइए पनि मोर्चाले आह्वान गरेको बन्द यथावत नै रहेकोले वीरगञ्जमा बजार र यातायातका साधन सन्चालनमा आउन सकेका छैनन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending