आषाढ़ ३ गते, २०७३ शुक्रवार 17th June, 2016 Fri१४:३०:०३ मा प्रकाशित
नेता भन्नेबित्तिकै संकटको बेला सही निकास दिन सक्ने क्षमतावान्, दूरदर्शी, चिन्तक, दार्शनिक, उचित मार्गदर्शक तथा निष्ठावान व्यक्तित्वको रुपमा चित्रण गर्दछौं । त्यसैले हामी नेताअनुसारको आचरण खोज्दछौं । राष्ट्रियस्तरमा भूमिका खेल्न सक्ने नेताकै आचरणका कारण बारम्बार चर्चा हुने गर्दछन् । विभिन्न दलका प्रभावशाली नेताका व्यक्तिगत जीवनशैली तथा उनीहरु कस्तो घरमा बस्छन् भन्ने विषयमा चासो राख्नु स्वाभाविक हो । नेपालका राजनीतिक दल नेतामध्ये केही भाडामा बस्छन् भने केहीले राजधानीमा महलसमेत ठड्याएका छन् । कयौं नेताहरु राजधानीमा ठूला घर भएकै कारण आलोचनाको सिकार हुने गरेका छन् । २०४६ को जनआन्दोलनपश्चात् देशमा प्रजातन्त्रको बहालीसँगै नेपाली कांग्रेस र नेकपा (एमाले) ले भूमिगत जीवन त्यागे । र, राजधानीकेन्द्रीत संसदीय राजनीति थाले । कांग्रेस/एमालेको यही सिलसिलाको पछिल्लो कडी बन्दै मिसिन आइपुग्यो– तात्कालीन नेकपा (माओवादी) ।खबरडबलीले यसै जनचासोलाई मेट्ने जमर्को गरेको छःराजसी ठाँटको महलमा देउवा
कांग्रेसका प्रभावशाली नेता एवम् भावी सभापतिका सशक्त दावेदार वरिष्ठ नेता शेरबहादुर देउवा कांग्रेसभित्रकै धनी नेतामध्येमा गनिन्छन् । बुढानिलकण्ठमा रहेको १२–१५ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा आलिसान घर बनाएका देउवाको बसाइँ कुनै राजा–महाराजाको भन्दा कम छैन ।
डढेलधुराका देउवा मध्यमर्गीय पृष्ठभूमिका हुन् । तीनपटक प्रधानमन्त्री भइसकेका देउवाको काठमाडौंको बुढानिलकण्ठमा दुईतले घरमा ८ कोठा रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको पुख्र्यौली घर डढेलधुरामा रहेको दुईवटा घर सशस्त्र युद्धताका ध्वस्त भएकाले कुनै घर नभएको उनका सहयोगीले बताएका छन् ।
सात रोपनीका मालिक पौडेल
कांग्रेस उपसभापति रामचन्द्र पौडेलको काठमाडौंको बोहराटार–१६ मा ७ रोपनी जमिनमा छ । उक्त जमिनमध्ये डेढ रोपनी पौडेलको नाममा छ । अन्य जमिन पौडेलले आफ्ना आफन्तको नाममा नामसारी गरेको कांग्रेस स्रोत बताउँछ । बोहराटारको उक्त जग्गामा गार्डेनसहितको दुईतले घर छ ।
पौडेल निवास सामान्य खालकै छ ।
पौडेल उपप्रधानमन्त्री, सभामुख र पटकपटक मन्त्री भए । तनहुँ स्थायी घर भएका पौडेल तनहुँ २ बाट संविधानसभामा निर्वाचित भएका हुन् । उनको तनहुँमा एकतले घर रहेको उनका सहयोगीले जानकारी दिएका छन् । मध्यमवर्गीय पृष्ठभूमि रहेका पौडेलको आर्थिक स्रोत पनि अरु केही छैन ।
दुई रोपनीमा ओलीका दुई घर
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोटमा ओलीको भव्य निजी निवास छ । झन्डै दुई रोपनी क्षेत्रफलमा फैलिएको बालकोटमा ओलीका दुईवटा घर छन् । बालकोटमा भएका दुई घरमध्ये एउटा पाहुनाका लागि तथा अर्को आफ्नो निवासका लागि उनले प्रयोग गर्ने गरेका छन् । दुवै घरमा जम्मा ५/५ वटा कोठा रहेको ओलीका निकट स्रोतले जनाएको छ । झापाबाट निर्वाचन लड्दै आए पनि उनको अधिकांश बसाइँ राजधानी केन्द्रीत छ ।
ओलीको पुख्यौंली घर झापा हो । उनका सहयोगीका अनुसार ओलीको झापा मेची नगरमा दुईतले पक्की घर रहेको र उक्त घरमा उनका आफन्त बस्छन् ।
खनालको चारतले घर
डल्लु आवासीय क्षेत्रमा घर बनाएका झलनाथ खनाल पूर्वप्रधानमन्त्री तथा एमाले निवर्तमान अध्यक्ष हुन् । उनको एक रोपनी क्षेत्रफलमा फैलिएको चारतले घर छ । खनालले आफ्नो घरको तल्लो तला सुरक्षाकर्मी तथा कार्यकर्ताका लागि छुट्याएका छन् ।
उक्त घरमा जम्मा १४ कोठा रहेको उनका सहयोगीले जानकारी दिएका छन् ।
२०४६ को परिवर्तनपछि एमालेको राजनीतिले संसदीय बाटो लिएयता चुनाव इलामबाट जित्दै काठमाडौंमै बढी केन्द्रीत हुने गरेका छन् । उनका सहयोगीका अनुसार पुख्र्यौली जिल्ला इलाममा कुनै घर जग्गा छैन ।
साधारण नेपालका साधारण घर
कोटेश्वरमा निजी निवास बनाएका एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री समेत हुन् । अन्य नेताहरुको तुलनामा सादा नेपालको तीनतले सामान्य घर ८ आना क्षेत्रफलमा छ ।
परराष्ट्रमन्त्री, उपप्रधानमन्त्रीहुँदै प्रधानमन्त्री भइसकेका नेपालले रौतहट– ३ गौर क्षेत्रलाई आफ्नो चुनावी क्षेत्र बनाउँदैआएका छन् । रौतहटमा जन्मिएका नेता नेपालको पारिवारिक बासस्थल अहिले पनि त्यतै छ ।
भाडाको घरमा प्रचण्ड
विद्रोही शक्तिको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफ्नो घर छैन । लाजिम्पाटमा रहेको उनको भाडाको निवासलाई लिएर बेलाबेलामा चर्को आलोचनासमेत हुनेगरेको छ । प्रचण्डनिकट स्रोतका अनुसार उक्त घरको भाडा मासिक एक लाख पाँच हजार हो ।
उनी भाडामा रहेको घरको पछिल्तिर एक तल्लाको घरमा सुरक्षाकर्मी बस्छन् । उनले भाडामा प्रयोग गरेको घर २ रोपनी क्षेत्रफलमा फैलिएको छ । उनी बसेको घरमा १० कोठा रहेको उनको सचिवालयले जनाएको छ ।
शान्ति प्रक्रियामा आएलगत्तै नयाँबजारको घरमा भाडामा बसेका उनी पछिल्लो समय लाजिम्पाट सरेका हुन् । चितवनका स्थायी बासिन्दा प्रचण्डको पारिवारिक अवस्था मध्यम वर्गीय हो ।
भट्टराई पनि भाडामै
कम बोल्ने धेरै पढ्ने छवि बनाएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टराई ललितपुरको सानेपा हाइटमा भाडाको घरमा बस्छन् । लगभग ३ रोपनी क्षेत्रफलमा रहेको घरको भाडा भट्टराईले मासिक ८० हजार बुझाउने गरेका छन् । करिब १२ कोठा रहेको उनी बसेको घरका अतिरिक्त सुरक्षाकर्मीका लागि बनाइएको एउटा जस्ताको टहरा छ ।
पूर्वप्रधानमन्त्री भट्टराईको निर्वाचन क्षेत्र र स्थायी घर गोरखा हो । उनको पनि निजी निवास छैन ।
भाडाकै घरमा नारायणकाजी
पछिल्लो समय सार्वजनिक यातायातमा चढेर चर्चामा आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ललितपुरस्थित हरिसिद्धीमा भाडाको घरमा बस्दैआएका छन् । गोरखा स्थायी घर भएका नेता श्रेष्ठ मध्यम परिवारका हुन् ।
२०६२–६३ को आन्दोलनपछि खुल्ला राजनीतिमा आएका उनी साढे दुईतलाको घरमा मासिक ४० हजार भाडा तिर्दैआएका छन् । उनी बसेको घरमा पनि १२ कोठा रहेको छ । उनको कुनै सम्पत्ति नरहेको उनका सहयोगीले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: