फाल्गुन १८ गते, २०७१ सोमवार 2nd March, 2015 Mon०९:००:३० मा प्रकाशित
काठमाडौं, स्वीस होटल एसोसियसनको सम्बन्धनमा नेपालमा होटल व्यवस्थापन तथा आतिथ्य सत्कार शिक्षा अध्यापन गराउँदै आएको एसियाकै पहिलो शैक्षिक प्रतिष्ठान ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) मा होटल व्यवस्थापन शिक्षाका आयामहरूबारे अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा नेपालको पर्यटन तथा होटल व्यवस्थापन शिक्षाका विभिन्न आयामबारे प्रकाश पारियो ।
गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले पर्यटनले नेपालको अर्थतन्त्रमा ४ प्रतिशतसम्म मात्र हिस्सा ओगटेकोमा यसलाई वृद्धि गरी १० प्रतिशतसम्म पुर्याउन सकिने बताए ।
देशको पर्यटन क्षेत्रमा पूर्वाधार, जनशक्ति लगायत क्षेत्रको पर्याप्त विकास हुनुपर्ने भन्दै उनले यसका लागि गुणस्तरीय पर्यटन तथा होटल व्यवस्थापन शिक्षामा जोड दिए ।
‘नेपालको होटल व्यवस्थापनका क्षेत्रमा अझै पनि पर्याप्त दक्षतायुक्त शैक्षिक जनशक्ति पुगेकै छैन’, लकाईंले भने– ‘सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक आगमन पुर्याउने देशको लक्ष्य छ, त्यसका लागि हामीले अहिलेदेखि नै पर्याप्त जनशक्तिको विकास गर्नु पर्दछ ।’
तर, सही ढंगले पर्यटन पूर्वाधार, जनशक्ति विकास, उचित बजारीकरण, प्रचारप्रसार र व्यावसायिकताको प्रबर्द्धन गर्ने हो भने यो लक्ष्य २०१८ सम्ममै हासिल गर्न सकिने लकाईंको दाबी छ।
उनका अनुसार हाल देशको पर्यटन क्षेत्रलाई आवश्यक पर्ने कूल दक्ष शक्तिमध्ये आधा मात्र उपलब्ध भइरहेको छ। अधिकांश दक्ष शैक्षिक जनशक्तिको रोजार्इ विदेश नै हुने गरेकोमा नेपालमै काम गर्ने योग्य र दक्ष शैक्षिक होटल व्यवस्थापनसम्बन्धी जनशक्तिको अभाव खड्किएको हो।
हाल नेपालमा प्रतिवर्ष पर्यटकहरुको आगमनदर ८ लाख मात्र पुगेको छ। नेपाल सरकारले १० लाख पर्यटक पुर्याउने लक्ष्य राखेको छ। हाल नेपालमा १० वटा पाँचतारे होटलसहित ३ सयको हाराहारी मात्र पर्यटकस्तरीय तारे होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरू छन्। यिनीहरूका लागि समेत दक्ष जनशक्तिको अभाव छ।
गेट कलेजले आगामी सन् २०२५ भित्रमा नेपाललाई अन्तर्राष्ट्रिय पाँचतारे पर्यटन गन्तव्य (फाइभ स्टार डेस्टिनेसन) का रुपमा विकास गर्ने मूल लक्ष्यसहित स्वीस स्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको दावी गरिएको छ।
गेट कलेजले विगत ७ वर्षदेखि नेपालमै स्वीस स्तरीय होटल व्यवस्थापन शिक्षा अध्यापनका लागि आवश्यक शैक्षिक वातावरण तयार पारेको बताउँदै लकाईंले होटल व्यवस्थापनमा सम्भावना भएका विद्यार्थीहरूलाई भर्ना प्रक्रियाद्वारा छनोट गर्ने गरिएको जानकारी दिए ।
गेट कलेजमा अहिले १५औं ब्याचका विद्यार्थीहरु अध्ययनरत छन्। होटल व्यवस्थापन अध्ययन गर्नका लागि उत्साहजनक सहभागिता देखिन थालेको छ। गेट कलेज वर्षमा २ पटक भर्ना लिनेगरी सेमेस्टरगत रूपमा होटल व्यवस्थापनमा अध्यापन गराउने नेपालकै पहिलो होटल व्यवस्थापन कलेज हो।
हालसम्म यस कलेजबाट करिब ३ सय २५ जनाले होटल व्यवस्थापनमा अध्ययन पूरा गरेका छन् भने हाल ३ सय ३५ विद्यार्थी अध्ययनरत छन्। गेट कलेजको भ्रातृसंगठन गेट भोकेशनलबाट करिब २ हजारले विभिन्न आवधिक प्रशिक्षणहरु लिइसकेका छन्।
विश्वप्रसिद्ध स्वीस होटल व्यवस्थापन कोर्षमा आधारित एकेडेमिक र सिपमूलक प्रशिक्षणहरू प्रदान गर्दै आएको गेट कलेजले गत वर्षदेखि होटेलरी स्विस, स्विस होटल एशोसियसनसँगको सम्बन्धनबाट नयाँ शैक्षिक कोर्ष सञ्चालन गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: