Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय आयल निगममा नेपाली ट्याङ्करलाई इन्धन भर्न सुरु

\"Petrol\"काठमाडौँ । नेपालका केही पेट्रोलियम ट्याङ्करलाई आजबाट भारतीय आइल निगम (आइओसी)ले इन्धन भर्न दिएको नेपाल आयल निगम(एनओसी)ले जनाएको छ । आइओसीले आजबाट इन्धन भर्न दिएपछि विगत १० दिनदेखि ठप्प भएको पेट्रोलियम पदार्थको आयातमा केही दिनपछि सहज हुने एनओसीले जनाएको छ । नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भने, \'भारतीय आयल निगम(आइओसी)ले आजबाट केही ट्याङ्करलाई इन्धन भर्न दिएको छ । अब केही दिनपछि सहज हुने आशा गर्न सकिन्छ ।\' एनओसीले गत शुक्रबार आइओसीलाई पत्र पठाएर पेट्रोलियम पदार्थको आयात हुन नसकेको विषयमा जानकारी गराएको थियो । आइओसीलाई पत्र पठाएको विषयमा निर्देशक खड्काले भने, \'व्यापारिक तवरले आइओसीलाई पत्र पठाइएर ध्यानाकर्षण गराएको हो ।\' इन्धनको सहज आपूर्ति हुनका लागि राजनीतिक एवम् कूटनीतिक रुपमा नै पहल हुनुपर्नेमा जोड दिँदै उनले व्यापारिक तवरमा आफूले पहल गरे पनि सहज हुन नसकेको प्रष्ट भएको बताए । भारतले अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका सबै नाकाबाट न्यूनमात्रामा ट्याङ्कर भित्रँदा उपभोक्ताले सास्ती खेप्नु परेको छ भने मुलुकभर चरम इन्धन अभाव भएको छ । लामो लाइन लाग्दासमेत पेट्रोलियम पदार्थ पाउनसक्ने अवस्था छैन । जसका कारण पेट्रोल पम्प अगाडि लामो लाइन लाग्ने गरेको छ । आयात नै नभए पनि निगमसँग मौज्दात रहेको पेट्रेलियम पदार्थ वितरणमा विभिन्न उपाय अवलम्बन गर्नुपर्ने बाध्यता छ । सार्वजनिक सवारी साधानलाई मात्रै मौज्दात रहेको पेट्रोलियम पदार्थ दिने र यातायात सहज बनाएको छ । सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प, साझा र अन्य निजी क्षेत्रका पम्पलाई निश्चित कोटाका आधारमा पेट्रोलियम पदार्थ दिएको छ । पेट्रोलियम पदार्थको अभावमा नागरिकको दैनिक जीवन प्रभावित भएको छ । उद्योग धन्दा, अस्पताल, विद्यालय प्रभावित भएका छन् । सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म सार्थक निर्णय भने हुन सकेको छैन । निगमले सामान्य रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चार हजारदेखि चार हजार ५०० किलोलिटर आयात हुनुपर्छ । अस्पताल, नर्सिङ होम, बैंक तथा वित्तीय संस्थालगायत अत्यावश्यक क्षेत्रमा चौबिसै घन्टा विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणलाई सरकारले निर्देशन दिइसकेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending