Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

धमाधम नगरपालिका घोषणा मात्रै, आधारभुत पुर्वाधार अझै पुगेन

\"electicityचितवन । दक्षिणतर्फ रहेको माडी नगरपालिकामा रुपान्तरित भइसकेपनि स्थानीय अझै सोलार, टुकीलाई ऊर्जाको रुपमा प्रयोग गर्दै आइरहेका छन् । नगरपालिका घोषणा भएको एक वर्ष पूरा हुनै लाग्दासमेत माडीमा विद्युत् सेवा पुग्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जभित्र ८ किलोमिटर भूमिगत लाइनमा समस्या देखिएपछि ढिलाइ हुने संकेत देखिएको छ । पछिल्लो पटक २०६६ सालेखि सुरु भएको विद्युतीकरण कार्य सुस्त गतिमा अघि बढेको छ । २०७१ पुस महिनामै सकिनुपर्ने माडी विद्युतीकरण आयोजना लम्बिदै गएको छ । गत माघ महिनामा माडीमा विद्युत् प्रवाहको परीक्षण गरिएको थियो । माडी विद्युतीकरण आयोजनाका प्रमुख प्रमोद ढुंगानाले दशंैलगत्तै पुनः विद्युत् प्रवाह परीक्षण गरी मर्मत कार्य गरिने बताए । उनले भने, ‘विद्युतीकरण कार्य सक्नुपर्ने म्याद सकिएको छ, म्याद थपिदै छ, भूकम्प, आन्दोलन आदिले गर्दा प्राविधिक स्थलगतरुपमा जान चुनौती थपिएको हो ।’ माडी पु¥याउने मुख्य लाइनमा समस्या देखिएकाले समस्या निराकरण भएपछि मात्र विद्युत् सेवा पुग्ने बताए । तत्कालीन समयमा निकुञ्जभित्रबाट हाइटेन्सन लाइन लैजादा ठूलो मात्रामा वन फडानी गर्नुपर्ने, जंगलमा आगलागी हुन सक्ने, जनावरमा नकारात्मक असर पर्न सक्नेलगायतका वातावरणीय प्रभाव पर्न सक्ने भन्दै निकुञ्ज तथा वन्यजन्तु विभागले स्वीकृति दिएको थिएन । चितवन क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद् विक्रम पाण्डेले केही महिना भन्सारमै सामान थन्किदा विद्युतीकरण कार्यमा ढिलाइ भएको बताए । उनले भने, ‘वर्षौंदेखिको माडीबासीका चाहना अब चाडै पूरा हुन्छ, विद्युत् परीक्षण कार्य तिहारसम्म पूरा हुनेछ ।’ आयोजना अन्तिम चरणमा पुगेको बताउदै सांसद् पाण्डेले ढिलासुस्ती हुन नदिन कडा निगरानी स्थानीयले पनि गनुपर्ने बताए । निकुञ्ज खण्डमा देखापरेको प्राविधिक समस्या चाडै पहिचान गरी माडीमा विद्युत् सेवा पुग्ने विश्वास व्यक्त गरे । माडी विद्युतीकरण आयोजनाको मुख्य कार्यालय काठमाडांैमै राखिएपछि पदाधिकारीको प्रत्यक्ष निगरानी तथा चासो कम पर्ने गरेको छ । बसन्तपुर बजारमा ३३ केभी क्षमताको सबस्टेशन निर्माण कार्य सकिएको छ । करोडौको संरचना बनेपनि रेखदेख गर्ने कर्मचारी राखिएको छैन । विद्युत् प्राधिकरणलाई आयोजना हस्तान्तरण प्रक्रिया पनि लम्बिदो छ । गाउ–गाउमा पोल तार टाग्ने काम जारी छ । ५० देखि २ सय केभीए क्षमताका २४ वटा वितरण ट्रान्सफर्मर जडान कार्य जारी छ । माडी हुलाकी सडक क्षेत्र आसपासमा सुरुमा विद्युत् सेवा पु¥याउने योजना लिइएको छ । तर, चनौली सबस्टेशनबाट माडी बसन्तपुर विद्युत् पु¥याउने तार निकुञ्ज खण्डमा कमसल परेको छ । करिब ६ करोड खर्चेर निकुञ्जमा भूमिगत विद्युत् तार बिछ्याइएको थियो । रेवा खोला वारि करिब २ किलोमिटरको स्थानमा जोडिएको भूमिगत तार जलेपछि अझै मर्मत गरिएको छैन । निकुञ्ज खण्डमा मात्र ६ स्थानमा चेक प्वाइन्ट छन् । स्रोतका अनुसार चाइनाबाट ल्याएको सो भूमिगत तारमा लगातार विद्युत् प्रवाह हुने क्षमता नै छैन । करिब ३० वर्षसम्म सञ्चालन हुने भन्दै ल्याइएको सो तारमार्फत एक दिन मात्र विद्युत् सबस्टेशन पुगेको थियो । माडी विद्युतीकरण आयोजनामा करिब २४ करोड खर्च हुँदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending