Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

झुक्यायो भारतले , नाकाबन्दी खुलेको देखाउन इन्धनको सट्टा आलुका गाडी

\"TRUCK1\"काठमाडौं । शनिबार देखी नै नाकाबन्दी खुलेको प्रचार गरिरहेको भारतले नाकाबन्दी खुलेको देखाउन पेट्रालियम पर्दाथ बहेक आलु तथा अन्य खाध्यन्न बोकेका केही गाडीहरु भित्रिन दिएको छ । पेट्रोलियम पदार्थ बोकेका गाडीहरु भने मंगलबार सम्म पनि नाकामै रोकिएका छन् । नेपालगंज रुपैडिया नाकाबाट भारतले नाकाबन्दी खोल्ने निर्णय गरेको दुई दिनपछि सोमबार दुई ट्यांकर डिजल र दुई बुलेट एलपी ग्यासमात्रै नेपाल भित्रिएका छन्। त्यससँगै आलु, सिमेन्ट गरेर डेढ दर्जन मालवाहक गाडीहरू नेपालगन्ज भित्रिन दिएको सीमास्थित इलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ। भारतिय पक्षले नाका खुलेको देखाउन अन्य समान बेकेका गाडीहरु छोडेर पेट्रोलियम पदार्थ बोकेका गाडीहरुलाई भने झनै कडाइ गरेको जमुनाह नाका स्थित एक प्रहरी अधिकारीले बताए । भारतले नाकावन्दी खोल्ने निर्णय गरे पनि त्यसलाई कार्यन्यन गरिरहेको छैन । पारी रोकिएका पेट्रोलियम पदार्थलगायतका गाडीहरू छोड्नेरनछोड्नेबारे सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूको सोमबार बैठक बसेको थियो । नेपालगन्जका सुरक्षा अधिकारीहरूले नाकाबन्दी फिर्ता लिने निर्णय भइसकेकाले मालवाहक गाडीहरू छोड्नुपर्ने अडान राखेका थिए। त्यसलगत्तै भारतीय अधिकारीहरूको बैठक बसेको हो। त्यसपछि साँझ ४ वटा पेट्रोलियमका गाडी छोडिएका थिए। बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले भारतीय सरकारले गरेको निर्णय रुपैडिहा नाकामा कार्यान्वयन नभएको बताए। उनले छोड्छु भनेर पनि मालवाहक गाडीहरू पारि नै रोकेर राखेको बताए। पेट्रोलियम पदार्थका गाडीहरू पछिल्लो लाइनमा राखिएका छन्। करिब चार किलोमिटर टाढा पेट्रोलियमका ट्यांकरको लाइन रहेको जमुनाहा प्रहरीले जनाएको छ। त्यसअघि आलु, सिमेन्ट, फलाम, खाद्यन्न लोड गरिएका मालवाहक गाडीहरू राखिएका छन्। पेट्रोलियम पदार्थका ट्यांकरलाई भारतीय सुरक्षाकर्मीले पछाडिको लाइनमा राखेको छ । पेट्रोलियम पदार्थका करिब २४ ट्यांकर र १५ बुलेट खाना पकाउने एलपी ग्यास भारतीय सुरक्षाकर्मीले अझै पनि नेपाल भित्रिन दिएका छैनन् । रुपैडिहाका भारतीय सुरक्षाकर्मीहरूले भने असुरक्षाको कारण देखाउँदै आएका छन्। सिमाक्षेत्रमा दैनिक जसो भैरहेको मधेसीमोर्चाको धर्ना , जुलुस र आन्दोलनका कारण सहज आपुर्ति गर्न नसकेको भारतिय पक्षको दावी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending