Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

प्रधानमन्त्री बसेको होटलमा रकेट आक्रमण, प्रधानमन्त्री सकुशल, कैयौँ मारिएको आशङ्का

\"rocketयमन । यमनको दक्षिणी सहर आदेनमा रहेको एक होटलमा बसेका यमनी प्रधानमन्त्रीलाई लक्ष्यगरी मङ्गलबार रकेट आक्रमण गरिएको समाचार छ । सो आक्रमणबाट प्रधानमन्त्री खालिद बहाभने सकुशल रहेको बताइएको छ । त्यसमा परी कैयौँ व्यक्ति मारिएको आशङ्का गरिएको छ । सो होटलमा भएको आक्रमणमा परी केही व्यक्ति मारिएको र अरु केही घाइते भएको प्राप्त समाचारमा जनाइएको छ । प्रत्यक्षदर्शीहरुले सो आक्रमण अत्यन्तै शक्तिशाली भएको भन्दै यसबाट मारिएका व्यक्तिको शव होटलमा देखिएको बताएका छन् । तर प्रहरीले भने सो होटललाई सुरक्षा घेरामा राखेर अनुसन्धान थालिएको र मारिने र घाइते हुने व्यक्तिको अवस्थाको बारेमा हालसम्म पूर्ण जानकारी नआएको बताएको छ । सुरक्षा अधिकारीहरुले उक्त भवनमा तीनवटा शक्तिशाली रकेट हमला भएको जानकारी दिएका छन् । यसको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन । केही दिनयतादेखि प्रधानमन्त्री बहा र उनका केही मन्त्रीहरु यमनको सो सहरमा बसेका छन् । त्यहाँ जारी रहेको हुथी विद्रोहीहरुको आक्रमणबाट तुलनात्मक रुपमा सो सहरलाई सुरक्षित ठानेर उनीहरुलाई त्यहाँ राखिएको बताइएको छ । यमनमा पछिल्लो समयमा हुथी विद्रोहीहरुको विद्रोहका कारण समस्या उत्पन्न भएको छ । सो विद्रोहपछि यमनी राष्ट्रपति नै भागेर साउदी अरेबिया पुगेका थिए । तर अहिले भने उहाँ स्वदेश नै फर्किसकेका छन् । हाल उक्त विद्रोह केही मत्थर भएको भन्दै साउदी अरेबियाको नेतृत्वको सैनिक कारबाही पनि रोकिएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies