Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

बालुवाटारमा ओलीको फैसला गर्दै कांग्रेस !

\"Koiralaकाठमाडौं । सहमतीय सरकार गठनको लागि सात दिनको समय सकिनैं लाग्दा कांग्रेसले छलफलका लागि बोलाएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुँदैछ ।   एमालेले भद्र सहमति भएको भन्दै औपचारिक रुपमा प्रधामन्त्रीका लागि अध्यक्ष केपी ओलीलाई अघि सारे पनि भद्र सहमतिबारे कांग्रेसले मुख खोलेको छैन । त्यसैले काग्रेसको आजको केन्द्रीय समितिको बैठकलाई महत्वका साथ हेरिएको छ । तर, कांग्रेस स्रोतले दिएको जानकारी अनुसार आजको बैठकमा सरकारभन्दा १३ औं महाधिवेशनको कार्यतालिका प्रमुख एजेण्डामा छ ।   तर, भद्र सहमति भएको भए ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै देउवा पक्षधरका नेता र महामन्त्री कृष्ण सिटौलाले आवाज उठाउने बुझिएको छ । फेरि पनि आफू नै प्रधानमन्त्री बन्न लबिङमा गरेपछि सुशील कोइरालालाई रोक्ने पक्षमा पार्टी भित्रकै देउवा र पौडेल पक्षधर नेता लागेका छन् ।   संस्थापनले सरकारको विषयमा एजेण्डा नै नराखे पनि भोलिदेखि सहमतीय सरकार गठनको समय सकिने भएकोले के गर्ने भन्ने निर्णय लिन कांग्रेसलाई दबाब छ । बैठकमा भारतीय नाकाबन्दीबारे सदस्यहरुले तीव्र रुपमा कुरा उठाउने एक केन्द्रीय सदस्यले जानकारी दिए ।   प्रधानमन्त्रीबाट राजीनामा पनि नदिएको भन्दै कांग्रेसकै नेताहरुसमेत कोइरालासंग असन्तुष्ट छन् ।दुई दिन अघिको सर्वदलीय छलफलमा पनि कोइरालाले आफू प्रधानमन्त्रीका लागि फेरि इच्छुक रहेको भन्ने समाचारमा आएका विषय गलत भएको बताएका थिए । तर, भद्र सहमतिबारे केही बोलेनन् । सहमतिमैं अघि बढ्ने भन्दै पार्टीबाट निर्णय गर्ने भन्दै उनले बैठक समापन गरेका थिए । कोइराला निकटका र यस अघि पार्टी र सरकारमा मन्त्री हुने अवसर नपाएकाहरुले कोइरालालाई उकास्दै फेरि प्रधानमन्त्रीमा अघि बढ्न भन्दै उकासिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending