Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

ओलीलाई रोक्न खोज्ने उनका कांग्रेसी बागी यस्ता छन्

\"OLisushil\"काठमाडौं । भद्र सहमति विपरीत एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न कांग्रेसकै केही नेता खुलेरै लागेका छन् । काम चलाउ बनेका प्रधानमन्त्री सुशील कोइरालाको आफ्नै इच्छाभन्दा पनि महाविधेशनमा आफू कमजोर हुने, यस पार्टी र सरकारमा भूमिका नपाएकाहरुले कोइरालालाई ओलीलाई नदिन र आफैं दाबी गर्न उक्साइरहेको बुझिएको छ ।   यस्तो आरोप कांग्रेसकै नेताहरुले लगाइरहेका छन् । ‘सुशील दाईको आफ्नै इच्छा भन्दा पनि पार्टीका अवसरवादी नेताहरुका कारण ओलीलाई प्रधानमन्त्री दिन हुँदैन भन्दै पार्टीका साथीहरु लाग्नुभएको छ’ नाम नबताउने शर्तमा कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘यस अघि मन्त्री बन्न नपाएका, पार्टीमा भूमिका नपाएका बरिष्ठ नेताहरु नै ओलीलाई प्रधानमन्त्री दिन हुँदैन भन्दै सहमतिको राजनीति बिगार्दैछन् ।’   यसरी लाग्नेमा डा. शेखर कोइराला, अर्जुननरसिंह, केसी, गगन थापा, दिलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्तीसहितका नेता छन् । उनीहरुकै सुझाव अनुसार कोइरालाले फेरि पनि प्रधानमन्त्रीमा आफू नै अघि बढ्ने भन्दै ‘कार्ड’ फ्याकेको कांग्रेस नेता बताउँछन् ।   कोइराला फेरि पनि शक्तिमा नभए आउँदो महाधिवेशनमा आफूहरु कमजोर हुने भएकोले अप्ठ्यारो पर्ने भएपछि उनीहरुले उक्साइरहेको उनले बताए । ‘कतिलाई मन्त्रीको आशा पनि होला, पहिले पाएनन्, अहिले पाइन्छ भनेर लागेका छन् तर, कतिलाई कोइराला नभए केन्द्रीय सदस्य पनि जितिदैंन भन्ने लागेको छ’ उनी भन्छन्, ‘त्यसलैले पावरमा रहनको लागि सरकार चाहिन्छ नभए कांग्रेसका अरु कोही पनि बन्न हुँदैन भन्दै लागेका छन् ।’   ओलीको नाममा सहमति नभए राष्ट्रिय, अन्तर्राष्ट्रिय माहोल प्रधानमन्त्रीका लािग देउवाको पक्षमा बन्ने भएपछि पनि कोइराला कोटरीका नेता झस्किएका छन् । त्यसैले देउवालाई रोक्न पनि कोइरालाले आफू नै प्रधानमन्त्री बन्न खोजेको ती नेताको दाबी छ ।   ओलीलाई हुँदै हुन्न भन्दै अहिलेकै मन्त्रीहरु पनि लागिपरेका छन् । कुनै समय कोइराला परिवारका लागि दुष्मनी मोलेका कानुनमन्त्री नरहरि आचार्य अहिले कोइराला परिवारमा सुशीलका राम्रा दोस्ती बनेका छन् । आचार्य बिहानदेखि बेलुकासम्मै बालुवाटारमा व्यस्त रहन्छन् । क्याविनेट र किचेन क्याविनेटमा उनी नै सर्वेसर्भा बनेको बालुवटार स्रोत बताउँछ । उनी पनि संवैधानिक प्रक्रियबाट सरकार गठन अघि बढ्छ भन्दै ओलीलाई दिनै हुन्न भन्दै बहुमतीय सरकारकै लागि जोड गरिरहेका छन् । सहमतीय सरकार गठनको लागि कांग्रेसले बहस नगर्नुका पछाडि आचार्यकै हात रहेको कांग्रेस स्रोतको दाबी छ ।   अरु मन्त्रीहरु डा. रामशरण महत, महेश आचार्य र मिनेन्द्र रिजाल पनि ओलीलाई दिनै नहुने भन्दै कोइरालालाई दबाब दिइरहेका छन् । तर, उनीहरुले विकल्प पनि दिन सकेका छैनन् । न त शेरबहादुर देउवा वा उपसभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भन्न सकिरहेका छन् । यसरी जसरी पनि अड्काउने र ओलीलाई गलाउने नीतिमात्र उनीहरुको देखिन्छ ।   भारतले फास्ट ट्रयाकबाट भए पनि संविधान छिटो संसोधन गर्न दबाब दिएपछि उनीहरु संविधान संसोधनको लागि कानुनमन्त्री आचार्यलाई दबाब बढाउन व्यस्त रहेको एक नेता बताउँछन् । भारतले ओलीलाई प्रधानमन्त्रीका रुपमा नरुचाउनुका कारण यिनै मन्त्रीको लबिङले काम गरेको बुझिएको छ ।   तर, कांग्रेसमै अहिले कृष्ण सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का र देउवा पक्षीय केही नेता भद्र सहमति अनुसार एमाले अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने अडानमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending