Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

पहेँलो घाम बजारमा

\"paheloकाठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीले सिर्जना भएको विषम परिस्थितिका कारण विष्णु भण्डारी उपन्यास ‘पहेँलो घाम’ औपचारिक कार्यक्रम नगरीकन बजारमा पठाइएको छ । ‘सवारी साधनलगायतको समस्या भएकाले सार्वजनिक कार्यक्रम गरिएन । यही कारण कतिपय पूर्वघोषित पुस्तक बजारमै आउन सकेको छैन । हामीले चाहिँ पाठकको चाहनालाई सम्बोधन गर्दै पुस्तक बजारमा पठाएका हौं ।’ प्रकाशक प्राइम बुक्सका अध्यक्ष पुरन थापाले बताए । चार दशकदेखि निरन्तर काव्यिक आन्दोलनमा क्रियाशील विष्णु भण्डारीको पहिलो उपन्यास ‘पहेँलो घाम’ अयोग्य छापामारको कथावस्तुमा आधारित छ । जनयुद्धमा साहसिक योद्धाको रुपमा परिचित छापामार युवतीको कथा उपन्यासमा बुनिएको छ । युवतीले युद्धकालमा भोग्नुपरेको सघन पीडा र देखाएको साहसको रोमाञ्चसँगै उपन्यास अघि बढ्छ । पार्टी शान्तिप्रक्रियामा आएपछि उसले देखेको सपना कसरी भत्किन्छ ? ऊ कसरी अयोग्य बन्छे ? के ऊ अयोग्य नै थिई त ? उपन्यासका घटनाक्रम यिनै प्रश्नको वरिपरि घुमेका छन् । उपन्यासकार भण्डारी भन्छन्, ‘राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामारमाथि अन्याय गरेको छ । उनीहरूको योगदानको मूल्याङ्कन गर्नुको साटो अयोग्य बनाएको छ । यो गलत निर्णय थियो । मैले त्यसैलाई केन्द्रमा राखेर यो उपन्यास लेखेको हुँ ।’ उपन्यासमा अयोग्य बनाएर निकालिएका छापामारले बाँच्नका लागि गरेको सङ्घर्ष र समकालीन राजनीतिलाई पनि सँगसँगै उतारिएको छ । माओवादी आन्दोलन किन र कसरी पहेँलो घामजस्तो कमजोर र ऊर्जाहीन भयो भन्ने खोज उपन्यासमा कलात्मक ढंगले गरिएको छ । प्रगतिशील कवितका रुपमा परिचित भण्डारीको यसअघि सात काव्यकृति प्रकाशित छन् । विद्रोहको छाल (खण्डकाव्य–२०४३), आँधी–तुफान (मुक्तक संग्रह–२०४४), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य–२०४५), फेरि अर्को तारा खस्यो (कविता संग्रह–२०६३), देश जागेको बेला (कविता संग्रह–२०६३), उत्सर्ग (महाकाव्य–२०६७) र घाइते ह्विलचेयर (कविता संग्रह–२०६९) उनका प्रकाशित कृति हुन् । कथा लेखनमासमेत सक्रिय भण्डारीको उपन्यास ‘पहेँलो घाम’ प्राइम बुक्स प्रा.लि.ले प्रकाशन गरेको हो । २९६ पृष्ठ रहेको उपन्यासको मूल्य ३ सय ५० रूपैयाँ राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending