Khabar Dabali ९ जेष्ठ २०८३ शनिबार | 23rd May, 2026 Sat
Investment bank

ओलीविरुद्ध सचिवालयमा बहुमत, बादल र महेश मात्रै बचाउमा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली झन् एक्लिँदै गएको संकेत देखिएको छ । आजको बैठकमा महासचिव शंकर पोखरेल समेत पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको पक्षमा खुलेपछि ओली सचिवालयभित्र स्पष्ट रूपमा अल्पमतमा देखिएका हुन् ।

बैठकमा अहिलेसम्म बोलेका अधिकांश पदाधिकारीहरूले पार्टी अहिलेको यथास्थितिमा चल्न नसक्ने निष्कर्ष निकाल्दै नयाँ ढंगले अघि बढ्न अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । ओलीको बचाउमा भने उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्रै खुलेर उभिएका छन् ।

स्रोतका अनुसार महासचिव पोखरेलले बैठकमा “कार्यकर्तालाई ऊर्जा दिन र पार्टीलाई गति दिन नेतृत्वले निकास दिनुपर्छ” भन्ने धारणा राखेका थिए । ओलीनिकट मानिएका पोखरेलसमेत परिवर्तनको पक्षमा उभिएपछि अध्यक्षमाथिको दबाब थप बढेको छ ।

अब भोलि बस्ने बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी ले धारणा राख्ने कार्यक्रम छ । स्रोतका अनुसार उनीहरूको लाइन पनि पार्टी पुनर्गठनकै पक्षमा देखिएको छ ।

एक पदाधिकारीले नेपाल प्रेससँग भने, “प्रस्तुति फरक–फरक होला, तर अधिकांशको निष्कर्ष पार्टी यसरी चल्न सक्दैन भन्ने नै छ । अध्यक्षज्यूले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने मत बलियो छ ।”

हिजो पहिलो दिन बोल्ने पाँच उपाध्यक्षमध्ये चार जनाले पनि ओलीले नेतृत्व हस्तान्तरणको बाटो खोल्नुपर्ने सुझाव दिएका थिए । बैठकअघि महासचिव पोखरेलले आफू निकटका नेताहरूसँग छुट्टै छलफल गरेर धारणा मिलाएको समेत स्रोतको दाबी छ ।

१९ सदस्यीय पदाधिकारीमध्ये अहिलेसम्म बोलेका १४ जनामध्ये १२ जना पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने पक्षमा उभिएको बताइएको छ ।

गत मंसिरमा आफ्नै प्रस्तावमा पदाधिकारी बनेका नेताहरू नै अहिले आफूविरुद्ध उभिन थालेपछि ओली अब केन्द्रीय कमिटीमा शक्ति परीक्षण गर्ने रणनीतिमा देखिएका छन् । उनले हिजोको बैठकमै “केन्द्रीय कमिटीमा पनि छलफल गर्न सकिन्छ” भन्दै संकेत दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुन सुरु नहुँदै पूर्वमा बाढीको बितण्डा : घर, पुल र सडक बग्न थाले

पाँचथर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथर जिल्ला का विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । याङवरक र हिलिहाङ गाउँपालिकामा घर, झोलुङ्गे पु...

एमाले सचिवालयमा योगेशले भने: ‘अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्’

काठमाडौं । योगेश भट्टराई ले नेकपा एमालेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली सँग राजीनामा माग गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा भट्टराईले ...

कान्तिलोकपथमा भीषण दुर्घटना: बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुर । कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी–२ सिखरकटेरीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ...

ओलीविरुद्ध सचिवालयमा बहुमत, बादल र महेश मात्रै बचाउमा

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली झन् एक्लिँदै गएको संकेत देखिएको छ । आजको बैठकमा महासचिव शंकर पोखरेल समेत पार्टी पुनर्ग...

‘म भोलि बोल्छु’ भन्दै ओली मौन, सचिवालयमा बढ्यो दबाब

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको पार्टीभित्रको संकट झन् गहिरिँदै गएको संकेत देखिएको छ । सचिवालय बैठकमा एकपछि अर्को पदाधिकारी आफूविरुद्ध उभिन थालेपछ...

ढुम्बाताल र आसपासका क्षेत्र

मुस्ताङ  । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ढुम्बाताल, घरपझोङ रिङरोड र आसपासका क्षेत्र ।...

आज पनि एमाले सचिवालय बैठक, कार्यविभाजन प्रस्तावमा छलफल हुँदै

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबार सुरु भएको बैठकमा पाँच उपाध्यक्षले पार्टीको अवस्था र निर्व...

लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

रुपन्देही । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता मा...

बहाइड्रोले सुकायो मिस्त्री खोला, हराए असला माछा

म्याग्दी । मिस्त्री खोला मा जलविद्युत् आयोजना बनेपछि स्थानीयले माछा र अन्य जलचर हराउन थालेको गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै ...

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं ।  नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending