ताप्लेजुङ। कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा आएको छ । यसअघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो ।
कोभिड–१९ को महामारी फैलिन थालेसँगै यो भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएको थियो । अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए ।
भन्सार कार्यालय सञ्चालन गर्नका लागि बिहीबार नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको उनले बताए ।
‘नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो,’ उनले भने, ‘ओलाङचुङ्चुगोलाबाट २४ किलोमिटर दूरी पार गरी नेपाल–चीनको सीमा टिप्तालानाका पुग्न सकिन्छ ।’
करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न अर्थमन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिए ।
भन्सार कार्यालयमा कर्मचारी पठाउनका लागि जिल्लाका जेनजी अभियन्ताले भन्सार विभागमा पटकपटक ताकेता गरेका थिए । ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व सङ्कलन हुने अपेक्षामा स्थानीय उत्साहित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - १६:०९
नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएको छन् । राष्ट्रिय ...
जेष्ठ ९ गते, २०८३ - १५:१५
ताप्लेजुङ। कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा आएको छ । यसअघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्य...
जेष्ठ ९ गते, २०८३ - १५:०२
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुन: सञ्चालनको लागि गृहकार्य भइरहेको बताएको ...
जेष्ठ ९ गते, २०८३ - १४:४४
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा शनिबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। होहल्ला र विवादका बीच केही ...
जेष्ठ ९ गते, २०८३ - १४:३४
लेखनाथ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले शनिबार पृथ्वीचोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास...
जेष्ठ ९ गते, २०८३ - १४:२०
सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–३ पाङसिङ स्थायी घर भ...
जेष्ठ ९ गते, २०८३ - १४:०६
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गर...
जेष्ठ ९ गते, २०८३ - १३:५८
काठमाडौँ । नेताहरूको कार्यविभाजन तथा निर्वाचनको समग्र समीक्षा गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक शनिबार पनि जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओली...
जेष्ठ ९ गते, २०८३ - १३:३६
पाटन। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री...
जेष्ठ ९ गते, २०८३ - १३:०६
बुटवल। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका...



प्रतिकृया लेख्नुहोस्: