Khabar Dabali २१ जेष्ठ २०८३ बिहीबार | 4th June, 2026 Thu
Investment bank

म्याग्दीकी राममायालाई ७० वर्षको उमेरमा नागरिकता

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी ७० वर्षीया राममाया खत्रीले लामो प्रतीक्षापछि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगलबार उनलाई पहिलो पटक नागरिकता प्रमाणपत्र प्रदान गरेको हो। नागरिकताको अभावमा शारीरिक रूपमा अपाङ्गता भएकी र एकल जीवन बिताइरहेकी खत्री राज्यका विभिन्न सेवा–सुविधाबाट वञ्चित हुँदै आएकी थिइन् ।

उनको नागरिकता प्राप्तिका लागि कान्छा भाइ गर्भे खत्रीले आवश्यक कागजात जुटाएर जिल्ला प्रशासन कार्यालयमा प्रक्रिया अघि बढाएका थिए। प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र सहायक प्रजिअ कुलप्रसाद आचार्यले उनलाई नागरिकता हस्तान्तरण गरेका हुन् ।

वि.सं. २०१३ सालमा जन्मिएकी खत्रीको एउटा हात चल्दैन। नागरिकता पाएपछि उनले सामाजिक सुरक्षा भत्ता लगायतका सुविधाका लागि प्रक्रिया अघि बढाउने बताएकी छन् । “नागरिकता पाएपछि निकै खुसी लागेको छ, अब भत्ता पनि पाइने भयो,” उनले भनिन्। नागरिकता प्राप्त गरेलगत्तै उनले राष्ट्रिय परिचयपत्रका लागि पनि आवेदन दिएकी छन्।

प्रजिअ आचार्यका अनुसार अझै पनि दुर्गम क्षेत्रमा उमेर पुगिसकेका तर नागरिकता नबनाएका नागरिक भेटिनु गम्भीर विषय हो। नागरिकता बनाउने प्रक्रिया, फाइदा र आवश्यकताबारे जानकारी नहुँदा धेरै ग्रामीण बस्तीका नागरिक राज्य सेवाबाट वञ्चित भइरहेको उनले बताए।

नेपालमा १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्था छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीमा गोली प्रहारसहित डाँका, दुई जना घाइते

महोत्तरी । महोत्तरीमा डाँका समूहले गोली प्रहार गरी लुटपाट गर्दा दुई जना घाइते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका–३, खखनामा मंगलबार राति रामविश्वा...

म्याग्दीकी राममायालाई ७० वर्षको उमेरमा नागरिकता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी ७० वर्षीया राममाया खत्रीले लामो प्रतीक्षापछि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ...

एनसेलको कर विवादः अर्बौं रुपैयाँ असुलीको चुनौती

काठमाडौं । कर विवाद, स्वामित्व हस्तान्तरण र छोटिँदै गएको लाइसेन्स अवधिका कारण निजी दूरसञ्चार सेवा प्रदायक एनसेलसँग सम्बन्धित आर्थिक तथा कानुनी विषयहरू...

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामा हमला गरेको इरानको दाबी

एजेन्सी । इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी पक्षले भने अधिकांश ...

राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन आजका कार्यसूची ?

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न १२: १५ बजेदेखि शुरु हुदैछ ।  आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम ...

५५ सरकारी निकायमा व्यापक पुनर्गठन, २५ खारेज र १८ पुनर्संरचना हुने

काठमाडौं । सरकारले संघीय तहमा बोझिलो, दोहोरो कार्यक्षेत्र भएका तथा अपेक्षित परिणाम दिन नसकेका ५५ वटा सरकारी निकायमा व्यापक पुनर्गठन गर्ने तयारी गरेको ...

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चबाट पनि सफाइ

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी लाई सर्वोच्च अदालतले पनि सफाइ दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृ...

प्रेमीकाको हत्या गरी रतुवा पुलमुनि शव फाल्ने पक्राउ

झापा। दुई दिन अघि दमकको रतुवा पुल मुनी मृत फेला परेकी रमा तिवारीलाई उनकै प्रेमीले हत्या गरेको खुलेको छ । हत्या आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ ग...

यी हुन् प्रेस काउन्सिलको अध्यक्ष बन्न इच्छुक ३३ जना (सूचीसहित)

काठमाडौँ । प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको...

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि ३५ जनाको आवेदन

काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि ३५ जनाको आवेदन परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ ७ गते जारी गरेको सार्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending