Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नाकाबन्दीविरुद्ध साढे सत्ताइस हजार हस्ताक्षर सङ्कलन

\"hastachar\"पर्वत । भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै पर्वतका गाउँगाउँमा सञ्चालन गरिएको हस्ताक्षर सङ्कलन अभियानमा २७ हजार ५०० हस्ताक्षर सङ्कलन भएका छन् । नेकपा ९एमाले० निकट अनेरास्ववियु पर्वतले गत बिहीबारदेखि जिल्लाका गाउँ गाउँमा हस्ताक्षर अभियान सुरु गरेको थियो । एक सातासम्म जिल्लाका गाउँ गाउँमा पुगेर सङ्कलन गरिएका हस्ताक्षर पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत भारतीय दूतावासमा पठाइएको छ । हस्ताक्षर बुझाउँदै विद्यार्थीले नेपाली जनताकै चाहनअनुसार नेपालमा नयाँ संविधान जारी भएको सन्दर्भमा भारतले नाकाबन्दी र हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । उनीहरुले अहिले देखिएको समस्या तत्काल समाधान गरी मित्रराष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउन पनि आग्रह गरेका छन् । हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त हस्ताक्षर तत्काल सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाए । अनेरास्ववियुले अभियानको सुरुवात सदरमुकाम कुस्माबाट गरेको थियो भने क्षेत्र नं १ को तिलहार, मिलनचोक, वारीबेनी तथा क्षेत्र नं २ को कार्किनेटा, फलेवास, हुवास र लुंखुमा हस्ताक्षर सङ्कलन गरिएको अनेरास्ववियु पर्वतका अध्यक्ष तेजप्रसाद शर्माले जानकारी दिए । विगत डेढ सातादेखिको नाकाबन्दीका कारण पर्वतमा खाना पकाउने एलपी ग्यास, पेट्रोलियम पदार्थको अभाव भएको छ भने बजारमा खाद्यवस्तुको मूल्य आकासिएको छ । पेट्रोलियम पदार्थको अभावका कारण यातायातका साधन नचल्दा जिल्लास्थित सरकारी कार्यालय पनि सुनसान जस्तै बनेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending