Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

देशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुँदैनः नेता नेपाल

\"Madhavकाठमाडौं । नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले देशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुनै नसक्ने बताएका छन्।

पूर्वसांसद क्लब नेपालद्वारा आज आयोजित ‘नेपालको संविधान र कार्यान्वयनका चुनौती’ विषयक अन्तरक्रियामा उनले राष्ट्रियता, स्वाधीनता र अखण्डताको पक्षमा एकाकार भएर अहिले देखिएको चुनौतीलाई सामना गर्न कम्तीमा पनि अर्को निर्वाचनसम्म प्रमुख दलबीच एकता र सहमति कायम रहनुपर्ने आवश्यकता औल्याए  ।

नेता नेपालले भने –‘सरकारले जनताको चासो र राष्ट्रको हितलाई ध्यान दिएर सन्तुलित ढङ्गले अघि बढनुपर्छ । भारतले पनि हाम्रो आन्तरिक मामिलामा यसो गर, उसो गर भनेर निर्देशन गर्ने होइन ।’

संविधान र सङ्घीय प्रदेश कस्तो बनाउने भन्ने नितान्त नेपाली जनताको सरोकारको विषय हो, नेपालले सधैँभरि आफ्ना छिमेकीसँग मित्रभाव राख्न चाहन्छ, अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि जादुमय तरिकाले सम्बन्ध सुमधुर बन्न पुगेको थियो, तर अहिले क्षणभरमै त्यो सम्बन्ध कमजोर हुन पुगेको छ,’ उनले भने।

लोकतन्त्रको विधि, प्रक्रिया र सिद्घान्तलाई सबैले पालना गर्नुपर्छ भन्दै वरिष्ठ नेता नेपालले प्रत्येक देशको स्वाभिमानलाई कदर गर्ने परिपाटी छिमेकीमा पनि विकास हुन आवश्यक भएको बताए ।

आफ्नो आन्तरिक मामिलाका विषयमा नेताले विदेशी शक्तिसँग के गर्ने भनेर सोध्ने, निर्देशन लिने काम भएबाट अहिलेको परिस्थिति निम्त्याउन मलजल गरेको बताउँदै नेता नेपालले भने– ‘सरकारले पनि जनता र छिमेकीको मन जित्ने काम गर्नुपर्छ, भारतले पनि परिपक्वता देखाउन सकेको देखिँदैन ।’

संविधानसभाबाट संविधान जारी गर्ने काम धेरै गाह्रो, चुनौती र अप्ठेरो भए पनि नेपालले एउटा इतिहास रचेको बताउँदै उनले भने –‘अत्यन्तै धेरै ठूलो समर्थनमा संविधान पारित भएको छ । संविधानका विषयमा विरोध, आपत्ति र असहमति हुन सक्दछ । त्यसलाई गम्भीरतापूर्वक लिन जरुरी छैन । संविधानका विषयमा गलत सूचना प्रवाह भएकाले सबै मिलेर त्यसलाई चिर्न सक्नुपर्दछ ।’

कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले संविधानमा नसमेटिएका विषयवस्तुलाई संशोधनमार्फत पूर्णता दिइनुपर्ने बताए । ‘संशोधनले संविधानलाई कमजोर नभई बलियो नै बनाउँछ, यसैले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित प्रगतिशील नेपालको संविधानलाई सफल बनाउँछ’–उनले भने ।

नेपाल दक्षिण एसियाकै पुरानो मुलुक भएकाले संविधान निर्माणका क्रममा भारत, अमेरिका र दक्षिण अफ्रिकालगायत देशका अनुभवलाई आधार मानिएको पनि उनले बताए ।

मञ्चका अध्यक्ष एवम् पूर्वसभामुख तारानाथ रानाभाटले संविधानमा रहेका विवादास्पद प्रावधानलाई संशोधनबाट हटाई राष्ट्र, राष्ट्रियता बचाउँदै देशलाई आत्मनिर्भर बनाउने आर्थिक, सामाजिक अभियान सार्थक बनाइनुपर्ने बताए ।‘यसका लागि विवेकसम्मत व्यावहारिक र वस्तुनिष्ठ समाधान दिने थलो सङ्घीय संसद्को पहिलो बैठकलाई बनाउन सक्नुपर्छ, यसको माध्यम संविधान संशोधन नै हो,उनले भने । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताका प्रतिनिधिबाट संविधान प्राप्त गर्ने नेपाली जनताको चाहना संविधान जारी गरेसँगै पूरा भएकाले कार्यान्वयनमा आउने सबै खाले चुनौतीलाई सबै मिलेर परास्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

समारोहमा मुलुकमा लोकतन्त्र स्थापनाका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका वरिष्ठ राजनीतिज्ञ एवम् क्लबका संस्थापक अध्यक्ष रामहरि जोशीलाई रु ५० हजार राशिको लोकतान्त्रिक उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो । सम्मानपछि मन्तव्य व्यक्त गर्दै नेता जोशीले तराईले वर्तमानमा उठाएका मागलाई सहानुभूतिपूर्वक विचार गर्नुपर्ने बताए । ‘तराईले उठाएका सबै मागलाई साम्प्रदायिक भावनाले हेर्नु गल्ती हुनेछ’ – उनले भने ।

एकीकृत नेकपा ९माओवादी०का केन्द्रीय सदस्य लेखराज भट्टले केही नेताको मात्र मुख हेरेर कर्णाली र सुदूरपश्चिमका जनता सबै सम्पन्न भए भन्ने परिभाषा गरिनु न्यायपूर्ण नहुने बताए । क्लबका संस्थापक होमराज दाहालले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने सन्दर्भमा विभिन्न पक्षबाट सुझाव एवम् परामर्श दिएको स्मरण गराए ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सचेतक योगेन्द्र चौधरीले विदेशीलाई गाली गरेर मात्र राष्ट्रियता बलियो नहुने बताए । तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र मिश्रले एउटा नेपालीले अर्को नेपालीलाई होच्याउने प्रवृत्ति ठीक नभएको गुनासो गरे ।

सो अवसरमा क्लबका लागि तयार गरिएको डब्ल्युडब्ल्युडब्ल्यु डट एफएमपिएस डट जिओभी डट एनपी धधध।ाmउक।नयख।लउ नामक वेबसाइटसमेत शुभारम्भ गरिएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending