मुस्ताङ । दशैलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा निर्यात हुने भएको छ । उपल्लो मुस्ताङका छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ र लोमान्थाङ गाविसबाट उक्त परिमाणमा भेडाच्याङग्रा ल्याउन लागिएको हो ।
भेडाच्याङ्ग्रा खरिदका लागि नेपाल खाद्य संस्थान, म्याग्दी, पर्वत, बाग्लुङ र कास्की क्षेत्रका व्यापारी मुस्ताङ आइसकेका छन् । चाडपर्वलाई लक्षित गरी भेडाच्याङ्ग्रा निर्यात हुने जिल्ला पशु सेवा कार्यालय मुस्ताङका पशु चिकित्सक नन्दलाल बर्माले जानकारी दिए । “खाद्य संस्थानबाट एक हजार खसीको माग आएको छ, अन्य व्यापारी पनि जिल्ला आइराख्नुभएको छ”, उनले भने– “विगतका वर्षमा तिब्बतबाट पनि खसी आयात हुन्थ्यो, यस वर्ष त्यो नहुने भएको छ ।” तिब्बतका किसानले स्थानीयबजारमै भेडाच्याङ्ग्राको माग पूरा गर्न नसकेको भन्दै नेपाली व्यापारीलाई बिक्री नगर्ने खबर पठाएपछि उपल्लो मुस्ताङका किसानबाटै उक्त माग पूर्ति गराउन निर्देशन दिइएको पशु सेवा कार्यालयले जनाएको छ । गत वर्षमा मुस्ताङबाट कम र तिब्बतबाट बढी भेडाच्याङ्ग्रा आयात हुने गरेको थियो । “अहिले डोल्पाबाट पनि खसी ल्याउने तयारी भएको छ, त्यो प्रयास सफल भयो भने बजार माग धान्न सकिन्छ”, उनले भने। तिब्बतबाट आयात नहुने भएपछि यस वर्ष विगतको भन्दा भेडाच्याङ्ग्राको मूल्य महँगो हुने भएको छ । अत्यधिक हिउँपछिको चिसो र हिउँ चितुवाको आक्रमणका कारण यस वर्ष उपल्लो मुस्ताङमा मात्रै चार हजारभन्दा बढी भेडाच्याङ्ग्रा मरेका थिए । “यस वर्ष अझ केही महङ्गो होला, अहिलेसम्म मूल्य भने तयार भइसकेको छैन्” बर्माले भन्नुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: