Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भारतले धम्की दिँदै भन्यो– नेपालले रोटी–बेटीको सम्वन्ध नभुलोस्

काठमाडौं । नाकाबन्दी खुल्ने छाँट नदेखिएपछि इन्धन ल्याउन ग्लोबल टेन्डर आह्वान गरेकै दिन भारतले नेपाललाई रोटी–बेटीको सम्वन्ध नभुल्न धम्की दिएको छ । नेपाल स्वतन्त्र राष्ट्र भएकाले आफूलाई आवश्यक बस्तु जहाँबाट पनि ल्याउनसक्ने भए पनि भारतसँगको सम्बन्धलाई नजरअन्दाज गर्न नसक्ने उसले चेतावनी दिएको हो ।

\"Bikash-Sworup,-Spoksperson-\"भारतीय विदेश मन्त्रालयले विहीबार नयाँदिल्लीमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले चेतावनीको शैलीमा भने, ‘अर्कै देशबाट सामान ल्याउँछ भने नेपाललले ल्याउन सक्छ । स्वतन्त्र राष्ट्रको आफ्नो रोजाइ हुन्छ, तर रोटी–बेटीको र साँस्कृतिक नाता भारतसँग मात्रै छ । त्यो अरु कुनै पनि देशले प्रतिस्थापन गर्न सक्दैन । यो नेपाललाई पनि राम्रोसँग थाहा छ ।’

उनले नेपालमा भारत सरकारले नाकाबन्दी नगरेको जिकीरसमेत गरे । नेपालको अहिलेको समस्या नेपालकै राजनीतिक दलहरुले सिर्जना गरेको उनले बताए ।

पत्रकारहरुले भारतको नाकाबन्दीको कारण नेपालमा भोकमरी सिर्जना भएको छ नि भन्ने प्रश्नमा उनले भने, ‘यो सब नेपालकै सीमातर्फ भइरहेको अवरोधका कारण भएको हो । हामी नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा गर्न आग्रह गर्छौं । जबसम्म राजनीतिक रुपमा समस्याको समाधान निकालिँदैन, तबसम्म भारतबाट सामान नेपाल जान सक्दैन ।’

उनले सबै समस्या नेपालकै कारण सिर्जना भएको बताए । उनले नेपालमा भारत विरोधी गतिविधि बढिरहेको भन्दै त्यसमा आफूहरुको गम्भीर चासो र चिन्ता रहेको बताए ।

प्रवक्ता स्वरुपले भने, ‘नेपालमा बढिरहेको एन्टी इन्डिया सेन्टिमेन्टमा चासो छ हाम्रो । तर यसकालागि को जिम्मेवार छ ? कसले गरेको ? किन ? किनभने नेपाली भूमितर्फको सीमामा अवरोध छ । नेपालका केही समुदाय असन्तुष्ट छन् । तर आरोप चाहिँ भारतका कारण भएको जस्तो लगाइएको छ । समस्या नेपाल आफैले उत्पन्न गरेको हो ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy