Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रधानमन्त्री बन्न नेता फकाउँदै ओली

काठमाडौं । भारतको नाकाबन्दीले जनता आक्रान्त भैरहेकाबेला सत्ता स्वार्थमा अल्झिएको दोस्रो ठूलो दल नेकपा एमाले अरु दलको समर्थन खोज्न दौडधूपमा लागेको छ । भावि प्रधानमन्त्रीको प्रबल दाबेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले विहीबार बिभिन्न दलका शीर्ष नेताहरुलाई भेटेर आफूलाई प्रधानमन्त्रीमा समर्थन गरिदिन अनुनय विनय गरेका छन् ।

\"OLisushil\"नेकपा एमालेले आगामी प्रधानमन्त्री ओलीलाई बनाउने निर्णय गरिसकेको छ । त्यसका लागि बिभिन्न दलहरुको समर्थन जुटाउन ओलीकै नेतृत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाइएको छ ।

कार्यदलका अन्य सदस्य त्यति धेरै नताते पनि अध्यक्ष ओलीले भने विहीबार कांग्रेस सभापति सुशील कोइराला र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेर प्रधानमन्त्रीमा समर्थन गरिदिन आग्रह गरेका छन् । उनले चार बुँदे लिखित आग्रहसहितको पत्र नै बुझाएका छन् ।

कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर ओलीले १६ बुँदे सहमतिसँगै एमालेलाई प्रधानमन्त्री दिने सहमति भएकाले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । कोइरालाले भने भद्र सहमतिबारे आफूलाई थाहा नभएको जवाफ दिँदै के गर्ने भन्नेबारे पार्टीमा छलफल गरेर निर्णय लिने बताएका थिए । विहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांशले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएका छन् । 

यसैगरी राप्रपा नेपालको पार्टी कार्यालयमा ओलीसँग भएको भेटमा कमल थापाले शुक्रबार केन्द्रीय समितिको बैठक बस्ने र आवश्यक निर्णय लिने बताएका थिए । ओलीले अब देशभक्तहरुको सरकार बन्नुपर्ने र राप्रपा नेपाल देशभक्तहरुको पार्टी भएकाले आफूलाई सहयोग गर्नेमा विश्वस्त रहेको बताएका थिए ।

ओलीको लिखित आग्रहबारे शुक्रबारको केन्द्रीय समिति बैठकमा छलफल गरी उपयुक्त निर्णय गर्ने जवाफ अध्यक्ष थापाले दिएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy