Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नेपाल-भारत नाका खुलाउन सर्वोच्चमा रिट

काठमाडौँ । नेपाल–भारतबीचका प्रत्येक भन्सार नाकाहरु २४ सैँ घन्टा बाधा अवरोधबिना निर्वाधरुपमा सञ्चालन गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

\"sarbochchaउपभोक्ता हित संरक्षण मञ्च तथा संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्षहरु अधिवक्ताद्वय डा. चन्द्रकान्त ज्ञवाली र ज्योति बानियाँले संयुक्तरुपमा दायर गरेको रिट निवेदनमा नेपाल–भारतबीच भएका सन्धि–सम्झौतालाई कार्यान्वयन गरी नाका २४सैँ घन्टा निर्वाधरुपमा सञ्चालन गरी वस्तु तथा सामान आवातजावत गर्न-गराउन प्रबन्ध गराउन भनिएको छ ।

रिट निवेदनमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।

रिटमा नेपाली नागरिकले बाँच्नका लागि अति आवश्यक पर्ने इन्धन, पेट्रोलियम पदार्थ, खाद्य सामग्री, औषधिलगायत वस्तुलाई आयात गर्ने व्यवस्था प्राथमिकतामा राखी हाल भइरहेको असहज व्यवस्थालाई तत्काल समाधान गर्ने प्रबन्ध गर्नु तथा वैकल्पिक व्यवस्थाको अवलम्बन गर्नेसमेत माग गरिएको छ ।

रिट निवेदनमा अदालतबाट आदेश जारी भएपछि पनि सीमा अवरोध भइरहेमा नेपालमा भारततर्फबाट सीमा अवरोधका कारणले देखापरेको सङ्कटको विषयमा र भारतले हाल गरिरहेको सीमा अवरोधको विषयमा संयुक्त राष्ट्र सङ्घको बडापत्रअनुसार सङ्घको सुरक्षा परिषद्मा सूचना गर्नु-गराउनु भनिएको छ ।

नेपालमा पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आयात अवरोध तथा वितरण प्रणालीको सम्बन्धमा नागरिकलाई जानकारी उपलब्ध गराउन तथा सम्बोधन गर्न र आवश्यक प्रबन्ध आदेश माग रिट निवेदनमा गरिएको छ ।

नेपाल–भारत दुवै असल छिमेकी भई संयुक्त राष्ट्र सङ्घ, विश्व व्यापार सङ्गठनका सदस्य मुलुक भएर दुवैले सन्धि-सम्झौतामा हस्ताक्षर गरेकाले असल मनसायका साथ अनिवार्यरुपले पालना गर्नुपर्ने उल्लेख गर्दै रिट निवेदनमा सन्धि÷सम्झौताअनुसार भारतले आफ्ना भन्सार नाकाबाट आयात अवरुद्ध गरेको विषय सुरक्षा परिषद्मा उजुरी समेत नदिई सरकारले उदासिन भइरहेको समेत उल्लेख छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy