Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय नाकाबन्दीले राजस्व न्यून

\"birjungकाठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण सीमा क्षेत्रका भन्सार कार्यालयमा राजस्व संकलन लक्ष्यभन्दा निकै कम संकलन भएको छ ।

मधेसी मोर्चाको आन्दोलन र बन्दका कारण गत महिनादेखि नै लक्ष्य अनुसार भन्सार राजस्व संकलन गर्न नसकेका कार्यालयहरुले यस महिना अत्यन्तै न्यून मात्रामा राजस्व संकलन गर्न सकेको भन्सारका अधिकारीहरुले बताएका छन् ।

पूर्वी नाका काकडभिट्टा भन्सार कार्यालयले यो महिना ४२ करोड ६९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १८ करोड ८० लाख मात्रै राजस्व संकलन गर्न सकेको छ । यस्तै मोरङको विराटनगर भन्सार कार्यालयले यो महिना १ अर्ब ५५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४८ करोड मात्रै संकलन गर्न सकेको कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।

काकडभिट्टा र विराटनगर नाका तुलनात्मक रुपमा बन्द र आन्दोलनको प्रभाव कम परेका तथा भारतबाट बढी मालवाहक सवारी साधन भित्रिएका नाका हुन् । यस्तै, नेपाल भारत सीमा क्षेत्रको प्रमुख नाका मानिने वीरगन्ज नाका झनै ठप्प छ ।

कार्यालयका मित्रलाल रेग्मीका अनुसार ८ अर्ब राजस्व संकलनको लक्ष्य लिइएकोमा जम्मा १ अर्ब ५५ करोड मात्रै राजस्व संकलन भएको छ । रुपन्देहिको बेलहिया भन्सार कार्यालयले २ अर्ब ५५ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा अहिले त्यसको एक तिहाइ पनि उठ्न नसकेको कार्यालयका भन्सार अधिकृत रबिन्द्र प्याकुरेलले जानकारी दिए ।

मोरङको विराटनगर नाकाबाट आज बिहान ९ वटा ग्यासका बुलेट नेपाल भित्रिएका छन् । भारतले अघोषित नाकाबन्दी गरेपछि तुलनात्मक रुपमा बढी सवारीसाधन भित्रिएको यस नाकाबाट हिजो एक बुलेट ग्याससहित १ सय २६ वटा मालवाहक गाडी भित्रिएको भन्सार कार्यालय प्रमुख कृष्णबहदुर बस्नेतले बताए । तर विराटनगर बाहेक अन्य सीमा नाकाहरुबाट पर्यटकका केही बस र केही मालवाहक ट्रकबाहेक अन्य गाडी प्रवेश गर्न सकेका छैनन् । यस्तै वीरगन्ज नाका मधेसी मोर्चाको आन्दोलनकै कारण पूर्णरुपमा ठप्प छ ।

यस्तै रुपन्देहिको बेलहिया नाका चार दिन यता ठप्प छ । भैरहवाको कृष्णनगर नाका पनि पूर्ण रुपमा ठप्प छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनको कारण लगभग महिनादिन यता यसरी नाका ठप्प रहेको छ । यस्तै पूर्वी नेपालको काकडभिट्टा नाकाबाट हिजो ५० वटा सवारी साधन भित्रिएकोमा ३ ट्यांकर डिजेल र २ ट्यांकर भित्रिएको भन्सार कार्यालय प्रमुख भीम अधिकारीले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending