Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

साङ्घातिक आक्रमण हुन थालेपछि प्रहरीद्वारा नेपालीलाई भारतीय बजार जान रोक

\"sunauli\"रूपन्देही । आन्दोलनरत मधेसी मोर्चाले भारतीय भूमिबाट नेपाली नागरिक र प्रहरीमाथि साङ्घातिक आक्रमण गरेपछि नेपालस्थित सुरक्षा निकायले नेपाली नागरिकलाई आज बिहानदेखि भारतीय बजार सुनौली जान रोक लगाएको छ ।

आन्दोलनरत मधेसी मोर्चा भारतीय भूमिमा बजार गर्न गएका नेपाली नागरिक रूपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका कृष्ण विष्टमाथि कुटपिटको घटनापछि सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्मका लागि सुनौली जानबाट रोक लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले अत्यावश्यक कामबाहेक भारतीय बजार किनमेलका लागि अथवा अन्य कार्यका लागि भारत जानेहरूलाई कडाइ गर्न थालेको हो ।

आन्दोलनरत मधेसी मोर्चाले चर्काएको आन्दोलनमा पहाडीमूलका नेपाली निसानामा पर्न थालेपछि सीमामा कडाइ गरिएको प्रहरी उच्च स्रोतको भनाइ छ ।

बुधबार भएको घटनापछि नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी र अञ्चल प्रहरी प्रमुखसहितको सुरक्षा टोलीले भारतको महाराजगन्ज जिल्लाका प्रमुखलाई भारतीय भूमि प्रयोग गरी ढुङ्गामुढा गर्न नदिन आग्रह गरेपछि भारतीय पक्षले पनि सीमामा थप कडाइ गरेको रूपन्देही प्रहरीले जनाएको छ । भारतीय प्रहरीको कडाइ पछि बिहीबार भने सीमा नाका बेलहिया केही शान्त रहेको थियो ।

बुधबारको घटनापछि नेपालका तर्फबाट बेलहियामा थप सुरक्षा सतर्कता अपनाएको वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिए ।

मोर्चाका शीर्ष नेताहरू रूपन्देहीमै रहेकाले आन्दोलन थप अराजक बन्न सक्ने आशङ्कामा सुरक्षा व्यवस्थामा पनि थप कडाइ गरेको प्रहरीको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy