Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नेपाललाई ‘थकाउने’, ‘गलाउने’ र ‘झुकाउने’ भारतको पछिल्लो योजना यस्ता छन्

\"nepal_india_flag\"काठमाडौं । भारतीय दवाव र चासोका विषयमा बाहिर जस्ता–जस्ता हल्लाहरु भएपनि पछिल्लो स्थितिमा भारत नेपालमा पछिल्ला घटनाक्रमहरुसँग मात्रै चासो राख्ने स्थितिमा पुगेको छ ।   संविधान निर्माणप्रति असन्तुष्ट भनिएको भारत उसलाई वेवास्ता गर्दै गरिएको १६ बुँदे सहमतिबाट चिढिएको थियो । नेपालको राजनीतिक परिवर्तनमा आफ्नो भूमिका ‘देखिनेगरी’ होओस् भन्ने चाहने भारतले संविधान निर्माणको मुखैमा नेपालका नेताहरुलाई अनावश्यक रुपमा धम्क्याउने काम समेत गर्रर्यो ।   नेपालका प्राय: नेताहरु भारतीय धम्कीबाट डराउनुको सट्टा झन कठोर बनेर अघि बढेपश्चात संविधान जारी भयो र अहिले भारतीय नाकाबन्दीमा नेपाल परेको छ । कुटनीतिक स्रोतका अनुसार दिनप्रतिदिन नेपाल र भारतबीचको सम्बन्ध झन् झन् बिग्रिरहेको अवस्थाप्रति नेपालभन्दा भारत चिन्तित छ । नेपालले नाकाबन्दीको सामना गर्दा कष्ट भोगेको मात्रै हो तर, भारतले ठूलो व्यापारिक घाटा बेहोरिरहेको मात्रै छैन । भारतलाई वर्षौसम्म यो घटनाले पिरोलिरहने छ ।   अर्कोतिर छिमेकी देशहरुसँग शत्रुतापूर्ण सम्बन्ध रहेको भारतीय छिमेकीहरुको सुचीमा अब नेपालसमेत थपिनु भारतका लागि झन् डरलाग्दो कुरा हो । नेपालले इन्धन आपूर्ति निमित्त बिहीबारबाट ग्लोबल टेण्डर आव्हान गरेपछि ४० वर्ष लामो भारतीय आयल निगमसँगको सम्झौतासमेत भंग हुनु भारतका लागि अर्को घाटाको कुरा हो ।   अति आवश्यक सामाग्री आपूर्तिमा नाकाबन्दी गरेको भारतका लागि अब एउटै र अन्तिम अस्त्र बाँकी छ । त्यो भनेको नेपाललाई दिदैं आएको करिब २५० मेगावाट विद्युत आपूर्ति पनि बन्द गर्नु । यो आपूर्ति बन्द गरेपछि नेपालमाथि प्रयोग गर्ने उसको अन्तिम अस्त्र समेत सकिने छ ।   उता तराई/मधेस आन्दोलन अझै चर्काउने र मधेसलाई अलग्याउने रणनीति पनि भारतले अख्तियार गर्न सक्छ तर त्यो उसका लागि त्यति सहज हुने छैन । मधेसी जनता अधिकारका लागि लडेका हुन् मधेसलाई अलग गराउन लागि होइन । जुन दिन मधेसमा अलग्गिने कुरा उठ्छ त्यो दिन मधेसी जनता राष्ट्रिय एकताको पक्षमा उभिने छन् ।   नाकाबन्दीको आधा महिना पूरा हुँदै गर्दा स्वंयम् भारतभित्र र अन्तर्राष्ट्रिय रुपमा भारतको छवि नांगिदो अवस्थामा पुगेको छ भने भारतीय प्रधानमन्त्री मोदीको पार्टी विजेपीले नेपालसँग सिमाना जोडिएका जिल्लाहरुमा चुनाब हारिरहेको छ । नेपालले पछिल्लो अवस्थामा संयुक्त राष्ट्रसंघलाई पत्र लेखी भारतीय नाकाबन्दीबारे आधिकारिक जानकारी मात्रै गराएको छैन संयुक्त राष्ट्रसंघले भारतले अमानवीय हरकत देखाउँदै गरेको नाकाबन्दी हटाउन पहल गरोस् भन्ने पनि जनाएको छ । यसो त नेपालमा भारत के चाहन्छ ? कुटनीतिक स्रोतहरुका अनुसार पछिल्लो अवस्थामा भारतले आफ्नो ‘फेससेभ’ हुनेगरी सेल्फल्याण्डिङ खोजिरहेको छ । तर यसो गर्दा उसले केही शर्तहरु बनाएको छ ।   एक : ओलीलाई प्रधानमन्त्री बन्न नदिनु । संविधान जारी भइसकेपश्चात नेपालको सरकार परिवर्तनमा भारतीय चासो अहिले पहिलो नम्बरमा पर्दछ । भारतलाई अबज्ञा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा कांग्रेसको यही सरकारको निरन्तरता या उसले भनेको मान्ने अरु कोहीको नेतृत्व ।   दुई : प्रचण्डलाई राजनीतिबाट विस्थापित गर्नु — गणतन्त्र नेपाल बनिसकेपछि नेपालमाथिको राजनीतिक हस्तक्षेपमा बाधकको रुपमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठहर्याएको भारतले उनलाई सक्रिय राजनीतिबाट विस्थापित गर्न चाहन्छ । नेपालको सरकार निर्माण तथा ठूला विकास परियोजनामा भारतीय इच्छाहरुको सम्बोधन हुन प्रचण्डले नदिएपछि भारत यस्तो निचोडमा पुगेको हो । १६ बुँदे राजनीतिक सहमति तथा संविधान निर्माणमा भारतलाई अटेर गर्ने भूमिका प्रचण्डले निर्वाह गरेका हुन् भन्ने ठहरमा भारत छ । साथै नेपालीहरुमा भारत विरोधी सेन्टिमेन्ट पैदा गर्ने प्रमुख नेता प्रचण्ड हुन् भन्ने निष्कर्षका आधारमा भारत प्रचण्डलाई राष्ट्रपतिमा थन्क्याउन चाहन्छ । जसबाट प्रचण्डराजनीतिबाट विस्थापित होउन् ।   तीन : तराई/मधेस आन्दोलन भारतीय स्वार्थ अनुकूल सम्बोधन— तराई/मधेसमा चलेको आन्दोलनलाई भारतीय स्वार्थ अनुकूल सम्बोधन गर्नुपर्ने पक्षमा भारत रहेको छ । समग्र मधेस दुई प्रदेश, (पूर्व झापा पश्चिम कन्चनपुरसम्म) भारत चाहन्छ । यसो गर्दा भारतसँग जोडिएको सिमाना जति मधेसमा पर्छ र आफ्नो अनुकूल भोलि पनि चलाउन पाइन्छ । भारतको अर्को चासो अंगिकृत नागरिकतामा छ । उ भारतीय नागरिकहरुलाई नेपालको नागरिकता दिलाउने र नेपालको राजनीति कब्जा गर्दै सिक्किमीकरण गर्ने योजनामा छ ।   यदि माथि भनिएजसो नहुँदा पनि मधेस आन्दोलनलाई कुनै न कुनै रुपमा सम्बोधन होओस् भन्ने भारत चाहन्छ । बाहिर हल्ला जे जति चलेपनि पछिल्लोपटक नेपालबाट अनपेक्षित अवज्ञामा परेको भारतमाथि उल्लेखित तीन स्वार्थमा छ । यसो हुँदा भोलिको परिस्थिति पुनः आफ्नो अनुकूल बनाउन सकिने बुझाईमा रहेको भारत मामिलासम्बन्धी विज्ञहरुको अनुमान छ ।   भारतको पछिल्लो चाल बुझेका एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली भने भारतलाई जसरी पनि क्रस गर्ने योजनामा छन् । सरकार ओलीको नेतृत्वमा बनाउने र अति आवश्यक वस्तुको आपूर्तिमा सरकारका तर्फबाट भारत बाहेकको विकल्प खोज्ने योजनामा छन् भने राष्ट्रपति आफू नबन्ने घोषणा प्रचण्डले गरिसकेका छन् । यदि ओलीको नेतृत्वमा सरकार निर्माण गर्न प्रचण्ड÷ओली सफल भए भने तत्कालै मधेस आन्दोलनका केही जायज मागहरु पूरा गरेर सयौं वर्षदेखि रहेको भारतीय हस्तक्षेपको विरासतलाई उनीहरुले तोड्ने छन् ।   प्रचण्ड/ओलीको यो योजना सफल भएमा भारतले इतिहासकै सबैभन्दा नराम्रो पराजय बेहोर्ने छ भने दिल्लीको मोदी सरकार समेत डगमगाउने स्थिति सिर्जना हुनेछ । तर, भारत यस्तो हुने स्थितिमा चुप भने बस्ने छैन । उसले नेताहरुको हत्यादेखि मधेस टुक्र्याउने रणनीतिसम्म अख्तियार गर्न सक्छ । यसबारे नेपालका नेताहरु चनाखो हुन आवश्यक छ । अाफ्नाे स्वार्थ पूरा नहुने भएमा उसले नेताहरुको हत्यादेखि मधेस टुक्र्याउने रणनीतिसम्म अख्तियार गर्न सक्छ । यसबारे नेपालका नेताहरु चनाखो हुन आवश्यक छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy