Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेपाललाई ‘थकाउने’, ‘गलाउने’ र ‘झुकाउने’ भारतको पछिल्लो योजना यस्ता छन्

\"nepal_india_flag\"काठमाडौं । भारतीय दवाव र चासोका विषयमा बाहिर जस्ता–जस्ता हल्लाहरु भएपनि पछिल्लो स्थितिमा भारत नेपालमा पछिल्ला घटनाक्रमहरुसँग मात्रै चासो राख्ने स्थितिमा पुगेको छ ।   संविधान निर्माणप्रति असन्तुष्ट भनिएको भारत उसलाई वेवास्ता गर्दै गरिएको १६ बुँदे सहमतिबाट चिढिएको थियो । नेपालको राजनीतिक परिवर्तनमा आफ्नो भूमिका ‘देखिनेगरी’ होओस् भन्ने चाहने भारतले संविधान निर्माणको मुखैमा नेपालका नेताहरुलाई अनावश्यक रुपमा धम्क्याउने काम समेत गर्रर्यो ।   नेपालका प्राय: नेताहरु भारतीय धम्कीबाट डराउनुको सट्टा झन कठोर बनेर अघि बढेपश्चात संविधान जारी भयो र अहिले भारतीय नाकाबन्दीमा नेपाल परेको छ । कुटनीतिक स्रोतका अनुसार दिनप्रतिदिन नेपाल र भारतबीचको सम्बन्ध झन् झन् बिग्रिरहेको अवस्थाप्रति नेपालभन्दा भारत चिन्तित छ । नेपालले नाकाबन्दीको सामना गर्दा कष्ट भोगेको मात्रै हो तर, भारतले ठूलो व्यापारिक घाटा बेहोरिरहेको मात्रै छैन । भारतलाई वर्षौसम्म यो घटनाले पिरोलिरहने छ ।   अर्कोतिर छिमेकी देशहरुसँग शत्रुतापूर्ण सम्बन्ध रहेको भारतीय छिमेकीहरुको सुचीमा अब नेपालसमेत थपिनु भारतका लागि झन् डरलाग्दो कुरा हो । नेपालले इन्धन आपूर्ति निमित्त बिहीबारबाट ग्लोबल टेण्डर आव्हान गरेपछि ४० वर्ष लामो भारतीय आयल निगमसँगको सम्झौतासमेत भंग हुनु भारतका लागि अर्को घाटाको कुरा हो ।   अति आवश्यक सामाग्री आपूर्तिमा नाकाबन्दी गरेको भारतका लागि अब एउटै र अन्तिम अस्त्र बाँकी छ । त्यो भनेको नेपाललाई दिदैं आएको करिब २५० मेगावाट विद्युत आपूर्ति पनि बन्द गर्नु । यो आपूर्ति बन्द गरेपछि नेपालमाथि प्रयोग गर्ने उसको अन्तिम अस्त्र समेत सकिने छ ।   उता तराई/मधेस आन्दोलन अझै चर्काउने र मधेसलाई अलग्याउने रणनीति पनि भारतले अख्तियार गर्न सक्छ तर त्यो उसका लागि त्यति सहज हुने छैन । मधेसी जनता अधिकारका लागि लडेका हुन् मधेसलाई अलग गराउन लागि होइन । जुन दिन मधेसमा अलग्गिने कुरा उठ्छ त्यो दिन मधेसी जनता राष्ट्रिय एकताको पक्षमा उभिने छन् ।   नाकाबन्दीको आधा महिना पूरा हुँदै गर्दा स्वंयम् भारतभित्र र अन्तर्राष्ट्रिय रुपमा भारतको छवि नांगिदो अवस्थामा पुगेको छ भने भारतीय प्रधानमन्त्री मोदीको पार्टी विजेपीले नेपालसँग सिमाना जोडिएका जिल्लाहरुमा चुनाब हारिरहेको छ । नेपालले पछिल्लो अवस्थामा संयुक्त राष्ट्रसंघलाई पत्र लेखी भारतीय नाकाबन्दीबारे आधिकारिक जानकारी मात्रै गराएको छैन संयुक्त राष्ट्रसंघले भारतले अमानवीय हरकत देखाउँदै गरेको नाकाबन्दी हटाउन पहल गरोस् भन्ने पनि जनाएको छ । यसो त नेपालमा भारत के चाहन्छ ? कुटनीतिक स्रोतहरुका अनुसार पछिल्लो अवस्थामा भारतले आफ्नो ‘फेससेभ’ हुनेगरी सेल्फल्याण्डिङ खोजिरहेको छ । तर यसो गर्दा उसले केही शर्तहरु बनाएको छ ।   एक : ओलीलाई प्रधानमन्त्री बन्न नदिनु । संविधान जारी भइसकेपश्चात नेपालको सरकार परिवर्तनमा भारतीय चासो अहिले पहिलो नम्बरमा पर्दछ । भारतलाई अबज्ञा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा कांग्रेसको यही सरकारको निरन्तरता या उसले भनेको मान्ने अरु कोहीको नेतृत्व ।   दुई : प्रचण्डलाई राजनीतिबाट विस्थापित गर्नु — गणतन्त्र नेपाल बनिसकेपछि नेपालमाथिको राजनीतिक हस्तक्षेपमा बाधकको रुपमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठहर्याएको भारतले उनलाई सक्रिय राजनीतिबाट विस्थापित गर्न चाहन्छ । नेपालको सरकार निर्माण तथा ठूला विकास परियोजनामा भारतीय इच्छाहरुको सम्बोधन हुन प्रचण्डले नदिएपछि भारत यस्तो निचोडमा पुगेको हो । १६ बुँदे राजनीतिक सहमति तथा संविधान निर्माणमा भारतलाई अटेर गर्ने भूमिका प्रचण्डले निर्वाह गरेका हुन् भन्ने ठहरमा भारत छ । साथै नेपालीहरुमा भारत विरोधी सेन्टिमेन्ट पैदा गर्ने प्रमुख नेता प्रचण्ड हुन् भन्ने निष्कर्षका आधारमा भारत प्रचण्डलाई राष्ट्रपतिमा थन्क्याउन चाहन्छ । जसबाट प्रचण्डराजनीतिबाट विस्थापित होउन् ।   तीन : तराई/मधेस आन्दोलन भारतीय स्वार्थ अनुकूल सम्बोधन— तराई/मधेसमा चलेको आन्दोलनलाई भारतीय स्वार्थ अनुकूल सम्बोधन गर्नुपर्ने पक्षमा भारत रहेको छ । समग्र मधेस दुई प्रदेश, (पूर्व झापा पश्चिम कन्चनपुरसम्म) भारत चाहन्छ । यसो गर्दा भारतसँग जोडिएको सिमाना जति मधेसमा पर्छ र आफ्नो अनुकूल भोलि पनि चलाउन पाइन्छ । भारतको अर्को चासो अंगिकृत नागरिकतामा छ । उ भारतीय नागरिकहरुलाई नेपालको नागरिकता दिलाउने र नेपालको राजनीति कब्जा गर्दै सिक्किमीकरण गर्ने योजनामा छ ।   यदि माथि भनिएजसो नहुँदा पनि मधेस आन्दोलनलाई कुनै न कुनै रुपमा सम्बोधन होओस् भन्ने भारत चाहन्छ । बाहिर हल्ला जे जति चलेपनि पछिल्लोपटक नेपालबाट अनपेक्षित अवज्ञामा परेको भारतमाथि उल्लेखित तीन स्वार्थमा छ । यसो हुँदा भोलिको परिस्थिति पुनः आफ्नो अनुकूल बनाउन सकिने बुझाईमा रहेको भारत मामिलासम्बन्धी विज्ञहरुको अनुमान छ ।   भारतको पछिल्लो चाल बुझेका एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली भने भारतलाई जसरी पनि क्रस गर्ने योजनामा छन् । सरकार ओलीको नेतृत्वमा बनाउने र अति आवश्यक वस्तुको आपूर्तिमा सरकारका तर्फबाट भारत बाहेकको विकल्प खोज्ने योजनामा छन् भने राष्ट्रपति आफू नबन्ने घोषणा प्रचण्डले गरिसकेका छन् । यदि ओलीको नेतृत्वमा सरकार निर्माण गर्न प्रचण्ड÷ओली सफल भए भने तत्कालै मधेस आन्दोलनका केही जायज मागहरु पूरा गरेर सयौं वर्षदेखि रहेको भारतीय हस्तक्षेपको विरासतलाई उनीहरुले तोड्ने छन् ।   प्रचण्ड/ओलीको यो योजना सफल भएमा भारतले इतिहासकै सबैभन्दा नराम्रो पराजय बेहोर्ने छ भने दिल्लीको मोदी सरकार समेत डगमगाउने स्थिति सिर्जना हुनेछ । तर, भारत यस्तो हुने स्थितिमा चुप भने बस्ने छैन । उसले नेताहरुको हत्यादेखि मधेस टुक्र्याउने रणनीतिसम्म अख्तियार गर्न सक्छ । यसबारे नेपालका नेताहरु चनाखो हुन आवश्यक छ । अाफ्नाे स्वार्थ पूरा नहुने भएमा उसले नेताहरुको हत्यादेखि मधेस टुक्र्याउने रणनीतिसम्म अख्तियार गर्न सक्छ । यसबारे नेपालका नेताहरु चनाखो हुन आवश्यक छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending