Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सभाध्यक्षको गलत कदम मानिन्नः संविधानसभा उपाध्यक्ष

काठमाडौं, संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले माघ ८ गतेपछि चालेको कदमप्रति आफ्नो समर्थन नभएको स्पष्ट पारेकी छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनले संविधानसभाका अध्यक्ष र उपाध्यक्ष कुनै दलविशेषको नभई साझा बन्न सक्नुपर्ने तर्क गर्दै भनिन– ‘संविधानसभाका अध्यक्ष पनि कुनै पार्टीको उम्मेदवार हो, उहाँले बाध्यतामा परेर त्यस्तो गर्नुभयो होला । तर, हामी साझा बन्न सक्नुपर्छ ।’ घर्तीले अहिलेसम्म आफूले समानान्तर संविधानसभाको कल्पनासम्म पनि नगरेको स्पष्ट पार्दै त्यस्तो स्थिति आउनु खराब भएकाले आफूले समानान्तर संविधानसभा हुने अवस्था आउन नदिन भूमिका खेल्ने बताइन् । उनले भनिन्– ‘हामी कुनै एक कित्तामा लाग्ने कुरा खराब स्थिति हो । त्यस्तो सोच्दा पनि नसोचौं । म कुनै पनि ध्रुबमा सहभागी छैन, तटस्थ भएर भूमिका निर्वाह गरिरहेकी छु । जनयुद्ध र शान्तिपूर्ण आन्दोलनमा रहेका शक्तिहरुबीच सहमति हुने अनि सानो कुरामा सहमति नहुने भन्ने कुरा आउँदैन । त्यसैले खराब अनुमान गर्नुभन्दा पनि सहमतिका लागि सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ– उनले भनिन् । यद्यपि पेलेरै जाने स्थिति आएमा भने आफूले विकल्प सोच्ने स्पष्ट पार्दै उपाध्यक्ष घर्तीले कसैले पनि संविधानसभा छाडेर जाने अवस्था आउन दिनुनहुने धारणा राखिन् । संविधानसभामा जारी रहेको गतिरोध अन्त्यका लागि दलहरुले आ–आफ्नो अडानबाट पछि हटेर संविधान दिुनुपर्ने धारणा राख्दै माघ ५ गते दलहरु सहमतिको नजिक पुगेकाले त्यसलाई नै आधार बनाएर छलफल थाले सहमति बन्ने विश्वास उनले व्यक्त गरिन् । दुई–चार दिनभित्र सहमति गरेर संविधान दिने वातावरण बनाएर अघि बढ्नुपर्ने भन्दै संविधानसभालाई लामो समयसम्म स्थागित गरेर राख्नुनहुने समेत घर्तीको तर्क छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending