Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मधेसी र थारुको मुद्धा संम्बोधन गरे मात्रै एमाओवादीको ओलीलाई समर्थन

\"maoist3\"काठमाडौं । मधेसी र थारुको मुद्धा संम्बोधन गरे मात्रै एमाओवादीले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने भएको छ । एमाओवादीको शुक्रबार बसेको स्थाइ समितिको बैठकले थारु र मधेसको मुद्धा संवोधन गर्न प्रदेशहरुको सिमांकन परिमार्जन गर्न तयार हुनु पर्ने शर्त राखेको छ । एमाओवादीले राष्ट्रिय सहमतिको सरकार राष्ट्रकोे आवस्यकता भएको बताउँदै प्रमुख दलहरुको बीचमा भएको १६ बुँदै सहमति अनुसार राष्ट्रिय सहमतिय सरकार निर्माणको दिशामा अगाडी बढ्न कांग्रस , एमाले लागएतका दलहरुलाई आव्हान गरेको छ । औपचरिक रुपमा बहुमतिय प्रकृयामा प्रवेश गरेता पनि संविधान निर्माणमा मुख्य भुमिका खेलेका दलहरुले सहमतिमै सरकार बनाउनु पर्ने एमाओवादीको जोड रहेको छ । उसले बिभिन्न आठ वटा शर्तहरु अघि सार्दै ति शर्तहरु पुरा भए मात्रै एमाले अध्यक्ष ओलीलाई समर्थन गर्न सकिने बताएको छ । राष्ट्रिय सार्वभौमिकता , भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता , हित र स्वभिमानको पक्षमा दृढ रहने ,बैदेशिक हस्तक्षेपका विरुद्ध दृढ रहने साथै नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई रक्षा गर्न दृढ रहनु पर्ने शर्त अघि सारेको छ । छिमेकी लगाएत सवै मित्र राष्ट्रहरु सँग पारस्परिक सम्मान , हित र  समानताका आधारमा सवैसँग मैत्रीपुर्ण सम्बन्ध राख्ने , आन्दोलनरत मधेसी , थारु , आदिवासी जनजातिको मागहरुको राजनैतिक संवोधन गरि अहिले देखा परेका समस्याहरुहरुको यथासिघ्र संवोधन गर्नु पर्ने लगाएतका शर्तहरु अघि सारेको छ । यी सर्तहरुमा प्रतिवद्धता जनाए मात्र एमाओवादीले ओली नेतृत्वको सरकारलाई समर्थन गर्न सकिने जनाएको छ । एमाओवादीले सबै उत्पीडित वर्ग तथा समुदायको राज्यका सबै अंगमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन गर्नुपर्ने प्रस्ताव पनि राखेको छ ।\"maoist1\"\"maoist2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending