Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

यस वर्ष दुई पटक रातो मछिन्द्रनाथको भोटो हेर्न पाइने

काठमाडौँ । वर्ष र सहकालको देवता रातो मछिन्द्रनाथको यस वर्ष १२ वर्षको मेला परेकाले सर्वसाधारणले जावलाखेल र बुङ्मतीमा गरी दुई पटक भोटो हेर्न पाउने भएका छन् ।

\"Votoहरेक वर्ष १२ वर्षको रथ जात्राको समयमा दुई पटक भोटो देखाउने प्रचलनअनुसार जावलाखेलमा भोटो देखाएपछि सोही दिनदेखिनै रथलाई निर्माण गरिएको स्थान बुङ्मतीमा लान सुरु गरिन्छ । बुङ्मती पु¥याइएको चार दिनपछि पुनः दोस्रो पटक सोही स्थानमा रहेको जावलाखेलमा भोटो देखाइने छ । अन्य समयको रथ जात्रामा भने जावलाखेलमा मात्र भोटो देखाएपछि रथ जात्रा समापन हुने गर्दथ्यो । यस वर्ष विशेष मेला परेकाले दुई पटक भोटो देखाउन लागिएको हो । लामो समयको पर्खाइ पछि आउँदो २५ गते सोमबार सर्वसाधारणले वर्ष र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो हेर्न पाउने भएका छन् । मछिन्द्रनाथको रथलाई आज जावलाखेल पु¥याइएको छ । जावलाखेल लगेको चौथो दिनमा भोटो देखाउने प्रचलनअनुसार आगामी सोमबार मध्याह्न ४ बजे राष्ट्रप्रमुखको प्रमुख आतिथ्यमा भोटो देखाउने तयारी रहेको गुठी संस्थान ललितपुरले जनाएको छ । रथलाई आज जावलाखेल लानका लागि बिहीबार बिहान ८ः५० बजेको साइत निकालिएको भए पनि लामो बाटोको कारण शुक्रबार मात्र रथलाई जावलाखेल ल्याइएको हो । जावलाखेलमा रथ लगेपछि मछिन्द्रनाथको भोटो देखाउने भएकाले अन्य स्थानमा रथजात्रा गर्नुभन्दा जावलाखेलमा रथ लैजानुलाई महत्वका साथ लिने भएकाले ज्योतिषीले साइत निकालेका हुन् । रथलाई जावलाखेल लानका लागि स्थानीय बासिन्दा, गुठी संस्थानका कर्मचारी, रथका पुजारी (पानेजु) र रथ निर्माणकर्मीलगायत लाखौँको सहभागितामा इटीटोलमा रहेको रथलाई जावलाखेल पुर्याइएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिए । बुङ्मतीमा रहेको जावलाखेलमा भोटो देखाएपछि यस वर्षको लागि १२ वर्षे भोटो जात्राको विधिवत्रुपमा अन्त्य हुनेछ । पहिलो पटक गत वैशाख ६ गते देवतालाई रथमा रथारोहण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गते गएको भूकम्पका कारण रथमा क्षति पुगेकाले लामो समय रथ जात्रा स्थगित गरिएको थियो । क्षति भएको रथलाई पुनः निर्माण गरी यही असोज ४ गते रथारोहण गरी ५ गतेदेखि रथ जात्रा सुरु भएको हो । ५ गतेदेखि सुरु भएको रथ जात्राअन्तर्गत सुरुको दिन रथ रहेको स्थान ललितपुरको छसिकोटदेखि भैँसेपाटीसम्म रथ जात्रा सम्पन्न गरिएको थियो । रथका पुजारी विनोद वज्राचार्यको अनुसार विगतका वर्षमा नेवार समुदायको मानिसको मात्र सहभागी हुने गरेकोमा पछिल्लो समय सबै समुदायका मानिसको सहभागिता रहँदै आएको छ । रातो मछिन्द्रनाथलाई रथ जात्राका लागि शुक्रबार रथारोहण गरिएको छ । यस वर्ष विशेष मेला भएकाले रथ निर्माणको सबै काम नयाँ गरिएको छ । सबै निर्माणको काम नयाँ गरिएकाले गत वर्षको तुलनामा रथ अत्यन्तै सुन्दर देखिएको छ । यस जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा लिइन्छ । 

अन्य भागको तुलनामा पाङ्ग्रा अनि रथ निर्माणको कामलाई जटिलरुपमा लिइन्छ । पाङ्ग्रा बनाउन दुई महिनाको समय लागेको थियो । त्यस्तै वेद, जुटबाट बनेको डोरी र काठबाट निर्माण गरिएको रथ ३२ हात अग्लो हुने भएको हुँदा एक हातले लड्नबाट बच्नको लागि समाउने पर्ने र अर्का हातले रथ निर्माणको काम गर्नुपर्ने भएकाले अत्यन्तै जटिल काम भएको निर्माणकर्मीले बताएका छन् । रथमा राखिने विभिन्न भागमध्ये खट, घमा, घमा पासा, पाङ्ग्रालगायतका सामग्रीलाई महत्वपूर्ण मानिन्छ । चार पाङ्ग्रालाई मुख्य चार भैरवका रूपमा लिने गरिन्छ । रथको सबै भागको निर्माणको काम १२-१२ वर्षको विशेष मेलामा मात्र गरिन्छ अन्य वर्षको लागि समयमा पुरानोलाई सुधार गरी जात्राको लागि रथको सामान प्रयोग गरिन्छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy