Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

यस वर्ष दुई पटक रातो मछिन्द्रनाथको भोटो हेर्न पाइने

काठमाडौँ । वर्ष र सहकालको देवता रातो मछिन्द्रनाथको यस वर्ष १२ वर्षको मेला परेकाले सर्वसाधारणले जावलाखेल र बुङ्मतीमा गरी दुई पटक भोटो हेर्न पाउने भएका छन् ।

\"Votoहरेक वर्ष १२ वर्षको रथ जात्राको समयमा दुई पटक भोटो देखाउने प्रचलनअनुसार जावलाखेलमा भोटो देखाएपछि सोही दिनदेखिनै रथलाई निर्माण गरिएको स्थान बुङ्मतीमा लान सुरु गरिन्छ । बुङ्मती पु¥याइएको चार दिनपछि पुनः दोस्रो पटक सोही स्थानमा रहेको जावलाखेलमा भोटो देखाइने छ । अन्य समयको रथ जात्रामा भने जावलाखेलमा मात्र भोटो देखाएपछि रथ जात्रा समापन हुने गर्दथ्यो । यस वर्ष विशेष मेला परेकाले दुई पटक भोटो देखाउन लागिएको हो । लामो समयको पर्खाइ पछि आउँदो २५ गते सोमबार सर्वसाधारणले वर्ष र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो हेर्न पाउने भएका छन् । मछिन्द्रनाथको रथलाई आज जावलाखेल पु¥याइएको छ । जावलाखेल लगेको चौथो दिनमा भोटो देखाउने प्रचलनअनुसार आगामी सोमबार मध्याह्न ४ बजे राष्ट्रप्रमुखको प्रमुख आतिथ्यमा भोटो देखाउने तयारी रहेको गुठी संस्थान ललितपुरले जनाएको छ । रथलाई आज जावलाखेल लानका लागि बिहीबार बिहान ८ः५० बजेको साइत निकालिएको भए पनि लामो बाटोको कारण शुक्रबार मात्र रथलाई जावलाखेल ल्याइएको हो । जावलाखेलमा रथ लगेपछि मछिन्द्रनाथको भोटो देखाउने भएकाले अन्य स्थानमा रथजात्रा गर्नुभन्दा जावलाखेलमा रथ लैजानुलाई महत्वका साथ लिने भएकाले ज्योतिषीले साइत निकालेका हुन् । रथलाई जावलाखेल लानका लागि स्थानीय बासिन्दा, गुठी संस्थानका कर्मचारी, रथका पुजारी (पानेजु) र रथ निर्माणकर्मीलगायत लाखौँको सहभागितामा इटीटोलमा रहेको रथलाई जावलाखेल पुर्याइएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिए । बुङ्मतीमा रहेको जावलाखेलमा भोटो देखाएपछि यस वर्षको लागि १२ वर्षे भोटो जात्राको विधिवत्रुपमा अन्त्य हुनेछ । पहिलो पटक गत वैशाख ६ गते देवतालाई रथमा रथारोहण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गते गएको भूकम्पका कारण रथमा क्षति पुगेकाले लामो समय रथ जात्रा स्थगित गरिएको थियो । क्षति भएको रथलाई पुनः निर्माण गरी यही असोज ४ गते रथारोहण गरी ५ गतेदेखि रथ जात्रा सुरु भएको हो । ५ गतेदेखि सुरु भएको रथ जात्राअन्तर्गत सुरुको दिन रथ रहेको स्थान ललितपुरको छसिकोटदेखि भैँसेपाटीसम्म रथ जात्रा सम्पन्न गरिएको थियो । रथका पुजारी विनोद वज्राचार्यको अनुसार विगतका वर्षमा नेवार समुदायको मानिसको मात्र सहभागी हुने गरेकोमा पछिल्लो समय सबै समुदायका मानिसको सहभागिता रहँदै आएको छ । रातो मछिन्द्रनाथलाई रथ जात्राका लागि शुक्रबार रथारोहण गरिएको छ । यस वर्ष विशेष मेला भएकाले रथ निर्माणको सबै काम नयाँ गरिएको छ । सबै निर्माणको काम नयाँ गरिएकाले गत वर्षको तुलनामा रथ अत्यन्तै सुन्दर देखिएको छ । यस जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा लिइन्छ । 

अन्य भागको तुलनामा पाङ्ग्रा अनि रथ निर्माणको कामलाई जटिलरुपमा लिइन्छ । पाङ्ग्रा बनाउन दुई महिनाको समय लागेको थियो । त्यस्तै वेद, जुटबाट बनेको डोरी र काठबाट निर्माण गरिएको रथ ३२ हात अग्लो हुने भएको हुँदा एक हातले लड्नबाट बच्नको लागि समाउने पर्ने र अर्का हातले रथ निर्माणको काम गर्नुपर्ने भएकाले अत्यन्तै जटिल काम भएको निर्माणकर्मीले बताएका छन् । रथमा राखिने विभिन्न भागमध्ये खट, घमा, घमा पासा, पाङ्ग्रालगायतका सामग्रीलाई महत्वपूर्ण मानिन्छ । चार पाङ्ग्रालाई मुख्य चार भैरवका रूपमा लिने गरिन्छ । रथको सबै भागको निर्माणको काम १२-१२ वर्षको विशेष मेलामा मात्र गरिन्छ अन्य वर्षको लागि समयमा पुरानोलाई सुधार गरी जात्राको लागि रथको सामान प्रयोग गरिन्छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending