Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सुशीललाई देउवा पक्षको झट्का, साधारण बहुमतको प्रधानमन्त्री झन् जटिल

\"Koiralaकाठमाडौं । प्रधानमन्त्रीका लागि एक हप्तासम्म छलफल नगर्ने, तीन दिनसम्म बैठक गरे पनि कुनै टुंगो नलगाउने र  अन्तिममा आफैं अघि सर्दै फेरि बहुमतीय प्रधानमन्त्रीका लागि उम्मेवारमा अघि बढ्ने तयारी गरेसँगै कांग्रेसमा शेरबहादुर देउवा पक्षधर तीव्र असन्तुष्ट भएको छ ।   सभापति कोइरालाले आफैं अघि सर्ने तयारी गरेपछि बाध्य भएर समर्थन गर्नुपरे पनि साधारण बहुमतको प्रधानमन्त्री बने देश र जनतालाई नै घाटा हुने र स्थिति झन् जटिल हुने देउवा पक्षको बुझाई छ । ‘हामी सहमत छैनौं । पहिले चुप बस्नुभयो । पार्टीमा एकता कायम भएन । राष्ट्रिय सहमति पनि भएन’ देउवा निकटका एक केन्द्रीय सदस्य भन्छ्न, ‘त्यागी भएर राजीनामा गर्छु भन्दै आउने, अर्को सरकारलाई बाटो खोल्ने अनि फेरि आफैं अघि सरेर सभापतिजीले लोभ गर्नुभएको छ ।’ एमालेले एक हप्तादेखि कसरत गरेको भन्दै ती नेताले कांग्रेसका लागि बहुमत पुर्याउन कठिन र जटिल रहेको बताए । बल्ल बहुमत पुगे पनि साना र टुक्रे दललाई ल्याउने तर, एमाले र एमाओवादी जस्ता प्रमुख दललाई बाहिर राखिए संविधान कार्यान्वयनमा नै जटिलता आउने देउवा पक्षको बुझाई छ । ‘सभापतिजी आफैं अघि बढ्ने भएपछि देउवाजीले बाध्य भएर समर्थन गर्नुपर्यो’ ती नेता भन्छन्, ‘टुक्राटाक्री दल पुर्याएर साधारण बहुमतीय प्रधानमन्त्री बन्नुहोला तर, समस्या समाधान हुँदैन । झन् जटिल हुन्छ ।’ एमाले अध्यक्ष केपी ओलीको अलोकप्रियताका कारण मधेसीको भोट पाउने आशामा आफैं अघि सरेको ती नेताले बताए ।  ‘नोमिनेसन गरेर बार्गेनिंग गर्ने सुर पनि हुन सक्छ त्यसका लागि नाम फिर्ता लिएर एमालेलाई शर्त अघि सार्ने पनि हुन सक्छ’ ती नेता भन्छन्, ‘ओलीको अलोकप्रियताले मधेसी दलहरु ओलीजी विरुद्ध भोटिङ गर्न आउँछन् भन्ने विश्वास पनि सभापतिजीलाई छ । तर, यसरी एमाले र एमाओवादीलाई चिढ्याएर सहमति विपरीत धोकाको राजनीतिक गर्न थालेपछि संविधान कार्यान्वयमा चुनौति आउँछ ।’   दुई दिनसम्म बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरुले सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आग्रह गरेका थिए । महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौला र सहमहामन्त्री पूर्णबहादुर खड्का भद्र सहमति अनुसार नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई दिन तयार हुनुपर्ने पक्षमा थिए । अरु केन्द्रीय सदस्यले पनि सहमति हुन्छ भने मात्र कांग्रेस अघि बढ्नुपर्ने बताएका थिए ।   तर, अन्ततः प्रधानमन्त्रीको उम्मेदवारीका लागि पार्टीबाट कोइराला, देउवा र पौडेल तीन जनाले दाबी गरे पछि सहमति जुट्न सकेन । शुक्रबार र शनिबार बिहान पनि उनीहरु तीन जना बसी उम्मेदारको विषयमा छलफल गरेका थिए । देउवा र पौडेलले अधिकतम दलहरुलाई सहमतिमा ल्याउनुपर्ने भन्दै आफ्नो दाबी गरेका थिए ।   तर, कोइराला एमाले  एमाओवादीलाई चिढ्याएर भए पनि आफ्नो नाम आफैं प्रस्ताव गर्न पुगे । र, बाध्य भएर देउवा र पौडेलले समर्थन गर्नुपर्ने अवस्था आएको कांग्रेस नेताहरु बताउछन् । उपसभापति पौडेल कोइरालासँग सहमत छैनन् । भद्र सहमति अनुसार एमाओवादीले एमाले अध्यक्ष केपी ओलीलाई सघाउने निर्णय गरिसकेको छ ।   एमाले र एमाओवादीलाई चिढ्याएर सहमति विपरीत धोकाको राजनीति गरेकाे देउवा पक्षकाे अाराेप, साधारणा बहुमतकाे   सरकारले संविधान कार्यान्वयमा चुनौति थेग्न नसक्ने बुझाई
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending