Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

कोशी पहाडी जिल्लामा रुट बिनै गाडी सञ्चालन

धनकुटा । कानुनी व्यवस्थाको धज्जी उडाउँदै कोशी अञ्चलका पहाडी जिल्लाका सडकमा व्यवसायीले रुट परमिट बिनै सवारी सञ्चालन गरिरहेका छन् । अधिकांश सडक सवारी गुड्न उपयुक्त नभए पनि व्यवसायीले सिन्डिकेट झै आलोपालो प्रणालीबाट सवारी चलाइरहेका छन् । नियम मिचेर जोखिमपूर्ण तरिकाले गाडी चलिरहे पनि नियमनकारी निकाय ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय भने आँखा चिम्लेर बसिरहेका छन् । रुट परमिट बिनै गाडी चलेको थाहा पाएर पनि दुवै निकायले व्यवहारिकता भन्दै छुट दिंदै आएका छन् । पहाडी ग्रामीण भेगमा डोजर लगाएर भर्खर ट्रयाक मात्रै खुलेको ठाउँमा पनि निर्वाद रुपमा गाडी चलिरहेका छन् । यस्तो बाटोमा गाडी चल्नु ज्यादै जोखिमपूर्ण हुने स्वयं व्यवसायी बताउँछन् । परमिट नभएको बाटोमा गाडी चलाउँदा दुर्घटना भएर यात्रुको ज्यान गएमा बिमा कम्पनीले क्षतिपूर्ति दिँदैन । दुर्घटनाको जोखिम उच्च छ, दुर्घटना भइहाल्यो भने बिमा दाबी गर्न अर्को समस्या छ,  एक व्यवसायीले भने, परमिट नभएको ठाउँमा दुर्घटना भए पनि रुट परमिट क्षेत्रमा दुर्घटना भएको भनेर बिमा दाबी गर्छौं, नत्र पाइँदैन । कोशी अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार पहाडी जिल्ला धनकुटाको हिले र तेह्रथुमको बसन्तपुरसम्म मात्रै रुट परमिट दिइएको छ । तर, व्यवसायीले धनकुटाको हिलेसम्म मात्रै रुट परमिट भए पनि लेगुवा हुँदै भोजपुरसम्म गाडी चलाइरहेका छन् । यस्तै, तेह्रथुमको बसन्तपुर हुँदै म्याङ्लुङ र बसन्तपुरबाट नै टुटे देउराली हुँदै संखुवासभाको चैनपुर र खाँदबारीसम्म व्यवसायीले गाडी सञ्चालन गरिरहेका छन् । हिलेबाट लेगुवा हुँदै संखुवासभाको खाँदबारीसम्म पनि गाडी चल्छन् । यस्तै, धनकुटाको जोरपाटीदेखि चुलाचुली, धनकुटाको सिधुवाबाट तेह्रथुमको शुक्रबारे, सिधुवाबाटै जितपुर, हिलेदेखि छिन्ताङ, सुनसरीको धरानदेखि धनकुटाको राजारानी हुँदै बुधबारे लगायत धेरै ग्रामीण बाटोमा रुट परमिट बिनै गाडी चलिरहेको व्यवसायी नै स्वीकार गर्छन् । सरकारले यातायात व्यवस्थापनका लागि जिल्लामा एक समिति रहने व्यवस्था गरेको छ । त्यस समितिले भाडासमेत तोकेर सिफारिस गरेमा अस्थायी भए पनि रुट परमिट पाउँछन् । तर, कोशी पहाडी जिल्लाबाट अस्थायी रुट परमिटको सिफारिस भएर नआएको कोशी अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । ूबाटो राम्रो बनाएर मात्रै गाडी चलाउन स्वीकृत दिने हो, तर अहिले पहाडी ग्रामीण सडकमा परमिट बिनै चलिरहेका छन् । बाटो राम्रो नभएकाले जोखिम पनि छू, पौडेलले भने, ूव्यवसायीले जबर्जस्ती चलाएको भन्दा पनि हुन्छ । रुट परमिट भए(नभएको चेकजाँच गर्ने र कार्बाही गर्ने जिम्मेवार निकाय ट्राफिक प्रहरी हो । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले परमिट नभएको बाटोमा यातायातका साधन चल्न नपाउने भए पनि व्यवहारिकता हेरिनुपर्ने जनाएको छ । पहाडी ग्रामीण क्षेत्रमा रुट परमिटबिना गाडी चलेको बारे अनभिज्ञता प्रकट गर्दै पूर्वक्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी पवनकुमार गिरीले आफू भर्खरै सरुवा भएर आएको हुनाले कुनै जानकारी नभएको र त्यसरी गाडी चलेको भए खोज अनुसन्धान गरेर कार्बाही गर्ने बताए । ूपरमिट नभएको बाटोमा चलेर दुर्घटना भयो भने जिम्मेवार स्वयं व्यवसायी हुनुपर्छू, एसपी गिरीले भने, ूत्यसरी चलेको भेटिए कार्बाही गरि छाड्ने छौं ।ू पूर्वाञ्चल यातायात व्यवसायी संघ अध्यक्ष सरोज श्रेष्ठले परमिट बिना गाडी चलेको स्वीकार गर्दै ग्रामीण सडकमा स्थानीय र गाविस कै मागअनुसार सञ्चालन गरेको बताए । सरकारले बाह्रै महिना गाडी चल्ने सडकको अवस्था तयार गरे मात्रै रुट कायम हुने भन्दै श्रेष्ठले अहिलेको ग्रामीण सडकमा हिउँदमा मात्रै यातायात चल्ने गरेको बताए । ूहामीले जबर्जस्ती चलाएको होइन, ट्रयाक खुलेपछि स्थानीय नागरिक र गाविसले नै सेवा दिनुपर्यो भनेर आग्रह गर्छन् ।ू श्रेष्ठले भने, ूयो अवस्था यहाँ मात्र हैन देशैभरि यस्तै छ ।ू
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending