Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नाकाबन्दी लगाएको भन्न नसक्ने लबस्तरो सरकार : एमाओवादी प्रवक्ता

\"dinanath-sharma-400\"काठमाडौं, २३ असोज । एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले यत्तिका दिनसम्म नेपाली जनता बिरुद्ध नाकाबन्दी लगाउँदा पनि भारतले नाकाबन्दी लगायो भन्न नसक्ने सरकार लबस्तरो भएको बताउनु भयो । पार्टी केन्द्रीय कार्यालयमा शनिवार सञ्चारकर्मीसँगको नियमित भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति भएर पनि उनको विरुद्धमा आफैं उठ्ने सुशील कोइरालाको निर्णय पनि चलखेलकै परिणाम हुनसक्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘ नाकाबन्दी भारतले नै लगाएको हो, भारतीय हस्तक्षेप हरेक ठाउँमा छ ।’ उहाँले भारतले नेपालमा संविधानसभाबाट संविधान नबनोस् भन्ने चाहेको स्पष्ट पार्नुभयो । संविधानमा जनयुद्धका एजेण्डा स्थापित हुने र भारतको भन्दा लोकतान्त्रिक संविधान बन्ने भएकाले भारतको टाउको दुःखेको उहाँको भनाई थियो । उहाँले यो संविधान बन्न नदिन पनि भारतले दुतहरु पठाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो संविधान नेपाली जनताको रगत र पसिनाले लेखिएको संविधान हो ।’ उहाँले अब बन्ने सरकार सहमति कै होस् भन्ने एमाओवादीको धारणा रहेको बताउनु भयो । उहाँले एमाले नेतृत्वमा सहमतिय सरकारमा दलहरुबीच सहमति भए पनि पछिल्लो चरणमा शुसील कोइराला उम्मेद्वारीले अप्ठ्यारो पारेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ उम्मेद्वारी दिए पनि भोली सम्ममा सहमति हुन पनि सक्छ ।’ उहाँले आफ्नो पार्टीको स्थायी समितिको निर्णयमा एमालेले सैद्धान्तिक सहमति जनाएकाले आफ्नो पार्टीको एमालेलाई समर्थन भएको बताउनु भयो । पार्टीले सरकारमा पठाउने मन्त्रीहरुका बारेमा कुनै छलफल नगरेको पनि प्रवक्ता शर्माको भनाई थियो । उहाँले भर्खरै पार्टी परित्याग गरेका नेता डा. बाबुराम भट्टराईले माओवादीका धेरैवटा ताउलोहरुमा एक ताउलो थपिएको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘ बाबुरामजी ! कोदो रोपेर धान फल्दैन, पूँजीवाद रोपेर साम्राज्यवाद बन्छ, समाजवाद आउँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending