Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कोइरालाको उम्मेदवारीले कांग्रेसमा किचलो, सहमहामन्त्री खड्काद्वारा राजीनामा

काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदमा उम्मेदवारी दिएपछि पार्टी भित्र चर्को असन्तुष्टि बढेको छ । सहमहामन्त्री पूर्णबहादुर खड्काले त पदबाट राजीनामाको घोषणा गरिसकेका छन् ।

\"Khadkaकोइरालाको उम्मेदवारी पार्टी निर्णय विपरित, सहमतिको राजनीति विपरित र पदीय लालसाको उपज भएको भन्दै उनले शनिबारकै दिनदेखि सहमहामन्त्री पद त्यागेको बताए ।

‘उहाँले आफूलाई एकता र मेलमिलापको सबैभन्दा ठूलो मसिहा ठान्नुहुन्थ्यो । तर एकाएक उम्मेदवारी दिएर त्यसलाई आफैले तोड्नु भयो,’ खड्काले भने, ‘मलाई यहाँसम्म ल्याउनुभयो, सहमहामन्त्रीसम्म बनाउनु भयो । त्यसको लागि धन्यवाद सुशील दा । अब मलाई यो पद चाहिएन भनिदिएको छु ।’

पार्टी केन्द्रीय समिति बैठकले दुई तिहाइ सदस्य पुग्ने गरी कांग्रेसको नेतृत्वमा सरकार गठनको पहल गर्ने सहमति भएको तर प्रधानमन्त्रीमा कोइरालाले उम्मेदवारी दिने निर्णय नभएको खड्काले प्रष्ट पारे । संविधान कार्यान्वयन गर्न चुनौति आइरहेकाबेला कम्तिमा प्रमुख दलहरु कांग्रेस, एमाले र एमाओवादी मिलेर जानुपर्नेमा त्यो सम्भावना अब टाढिएको उनले बताए ।

‘शनिबार विहान मैले भेट्दा उहाँले (कोइरालाले) मलाई कुनै पद चाहिएको छैन । प्रधानमन्त्री, राष्ट्रपतिमा उम्मेदवारी दिन्न भन्नु भएको थियो । तर, एकाएक उहाँले प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवारी किन दिनुभयो, मलाई आश्चर्य लागेको छ । यो अस्वाभाविक र अलोकतान्त्रिक छ । उहाँको पदीय लालसाले दलहरुबीचको एकता तोडियो ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending