Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कैलालीबाट सात ट्याङ्कर इन्धन भित्रियो

धनगढी । भारतीय पक्षले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक कैलाली भन्सार नाकाबाट यसअघिका दिनभन्दा बढी शनिबार  सातवटा डिजेलका ट्याङ्कर धनगढी भित्रिएका छन् ।

\"oil-Tanker\"शनिबार २० हजार लिटर क्षमताका छ वटा र १२ हजार लिटर क्षमताको एक ट्याङ्कर भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेलले बताए।

आज भारतीय आयल निगमका कर्मचारीले पेट्रोल दिन भने नमानेको बताइएको छ । आज पेट्रोल दिन मानेन्, चालकलाई उद्धृत गर्दै पौडेलले भने– “डिजेल दिने तर पेट्रोल नदिने कारण बुझ्न सकिएन ।”

सुदूरपश्चिमका लागि भारतको उत्तरप्रदेशस्थित भारतीय आयल निगमको बन्थरा डिपोबाट पेट्रोलियम पदार्थको आयात हुने गरेको छ । नाकाबन्दीपछि इन्धन भर्न नेपालबाट जाने ट्याङ्करलाई बन्थरा डिपोमा सहजरुपमा पार्किङ गर्नसमेत समस्या रहेको बताइएको छ । यसअघि शुक्रबार १२ हजार लिटर क्षमतका दुई ट्याङ्कर डिजेल र एक ट्याङ्कर पेट्रोल धनगढी भित्रिएको थियो ।

बन्थरा डिपोबाट अब खबर गरेपछिमात्रै इन्धन लिन ट्याङ्कर पठाउनु भन्ने खबर आएको पौडेलले बताए । आज अरु दिनको तुलनामा केही बढी डिजेल भित्रिएको भए पनि दुई हप्तादेखिको अभावका कारण यो डिजेल पर्याप्त नभएको आयल निगमका कर्मचारीले बताएका छन् ।

दसैँको मुखमा आएर भएको इन्धन अभावले चाहिएजति परिमाणमा इन्धन नपाइएपछि सुदूरपश्चिममा निकै कम सङ्ख्यामा यातायातका चल्न थालेका छन् । जसका कारण आ–आफ्नो गन्तब्यतर्फ जाने हजारौँ यात्रुको आवागमन पनि असहज भएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending