Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

एमाओवादी नेता पौडेल शनिबार साँझ सुटुक्क किन गए वालुवाटार ?

\"Devendraकाठमाडौं  । एकिकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेल शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार  सुटुक्क छिरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा झण्डै १ घण्टा विताएका पौडेल बाबुराम भट्टराई निकट नेता हून् । भट्टराईले एक्लै पार्टी परित्याग गरेपछि एमाओवादीमै रहेका पौडेलले खुलेआम रुपमा भट्टराईको समर्थन गर्दै आइरहेका छन् । एमाले नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा  समर्थन गर्ने पार्टी निर्णयका विरुद्ध शनिबार दिउँसो नै २९ जना केन्द्रिय सदस्यले पौडेलकै नेतृत्वमा निर्णय नमान्ने वक्तव्य निकालेका थिए  । स्रोतहरुका अनुसार नेता भट्टराईको निर्देशनमा पौडेल बालुवाटार गएका हुन् । बालुवाटारमा के कुरा भयो भन्ने नखुलेपनि एमाओवादी सभासदलाई कोइरालाको पक्षमा ल्याउने सबालमा योजना बनेको बताईन्छ । बालुवाटार स्रोतका अनुसार कोईराला प्रधानमन्त्रीमा पून निर्वाचित हुन सभासद खरिद गर्ने सम्मको योजनामा छन् । जसको लागी भारतबाट हिजैमात्र एसविआई बैंकबाट ९३ करोड भारतीय रुपैया आएको समेत बजार हल्ला छ । हिसिला धमाधम सभासदलाई फोन गर्दै एमाओवादी नेतृ तथा भट्टराई पत्नि हिसिला यमी शनिबार दिनभर फोनमा व्यस्त भइन् । उनले एमाओवादीका समानुपातिक सभासदहरुलाई फोन गर्दै ओलीलाई भोट नहाल्न मात्रै भनिनन् । स्रोतहरुले जनाएअनुसार आर्थिक प्रलोभन समेत दिएकी थिईन् । नाम नबताउने शर्तमा एक सभासदले भने हिसिलाको आर्थीक प्रलोभनको प्रमाण म कुनै पनि समय पेश गर्न सक्छु । बाबुराम निवासमा भेला आईतबार विहान ७ बजे बाबुराम भट्राई निवास सानेपामा एमाओवादीका सभासदहरुलाई भट्टराईले बोलाएका छन् । ओलीलाई पारजित गरी कोईरालालाई विजयी बनाउने जिम्मा लिएका भट्टराईले एमाओवादीका कतिपय सभासदहरुलाई आफै फोन गरेर बोलाइएको बताइन्छ । कोईरालाले उम्मेदवारी दर्ता गर्नुअघि भट्टराईले कोईरालाको पक्षमा १९ सभासद ल्याउने र पार्टी फोड्ने बचन दिएको समेत स्रोतहरु बताउँछ । भट्टराईको सोही आश्वासन र भारतीय राजदुत रंजित रेको आग्रहपश्चात कोईरालाले अन्तिम समयमा आएर उम्मदवारी दर्ता गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending