Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कांग्रेसमा कोइरालाविरुद्ध विद्रोह !

\"congressकाठमाडाैं। अन्तिम अवस्थामा अदृश्य शक्तिको आडमा बहुमत नपुग्दा नपुग्दै पनि प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएर सभापति सुशील कोइरालाले राष्ट्रघात गरेको आरोप कांग्रेसकै नेताहरुले लगाएका छन् ।   यो कदमले सिंगो कांग्रेसलाई लज्जाबोध भएको ती नेताले बताए । ‘भर्खरै अरुलाई प्रधानमन्त्री बन्नको बाटो खोल्ने अनि रातारात अदृश्य शक्तिको आडमा बहुमत नपुग्ने देखिंदा पनि प्रधानमन्त्रीमा उम्मेदवारी दिनु यो राष्ट्रघात हो ।’ केन्द्रीय स्तरका ती नेता भन्छन्, ‘हामीलाई कांगेस हौं भन्नै लज्जाबोध भएको छ । कोइरालाले पदलोलुपमता देखाउँदै कांग्रेसको नाकै काटे ।’   तयारी नै नगरी उम्मेदवारी दिएको भन्दै ती नेताले कोइरालाको पक्षमा बहुमत नपुग्ने दाबी गरे । ‘केही मधेसी दलले समर्थन गर्दा पनि बहुमत पुग्ने देखिंदैन’ तीन नेता भन्छन्, ‘अरु पार्टी फुटाएर बहुमत पुर्याउने विकल्पमात्र देखिन्छ ।’ यस्तो भए कांग्रेस जिन्दगीभरको लागि दागी हुने र जनतामा बढारिने उनले बताए । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री दिन भद्र सहमति भए पनि कोइरालाले लत्याएको भन्दै महामन्त्री कृष्ण सिटाला, प्रकाशमान सिंह, हिजोमात्र राजीनामा दिएका पूर्णबहादुर खड्का तीव्र असन्तुष्ट छन् ।   प्रत्यक्ष चुनाव जितेका एक दर्जन जति सभासद् पनि कोइरालाको उम्मेदवारीसंगै तीव्र असन्तुष्ट छन् । चन्द्र भण्डारी, राजीवविक्रम शाह, जीवनबहादुर शाही, धनराज गृुरुङ, बद्रि पाण्डे, गगन थापासहितका नेताहरु कोइरालाको उम्मेदवारीप्रति तीव्र असन्तुष्ट छन् । यी नेताहरुले खुलेरै भारतले हस्तक्षेप गरेको आरोप लगाएका छन् । समर्थन र प्रस्ताव गरे पनि शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पाैडेल पक्षधर पनि सन्तुष्ट छैनन् । \'हामी सन्तुष्ट छैनाैं तर, उम्मेदवारलाइ भाेट नहाल्ने निर्णय गरेका छैनाैं ।\' देउवा पक्षका एक नेता भन्छन् ।   फेसबुकमा दुई दिन अघि स्टाटसमा लेखेका छन्, ‘सहमतीय संस्कारको जगमा नयाँ सरकार गठन गरेर नेपाली राजनीतिमा चल्दै आएको भारतीय हैकमवादलाई सदाको लागी बिदा गर्नु पर्छ भनेर मैले अस्ति नयाँ पत्रिकामा लेख लेखें र हिजो केन्द्रीय समितिमा ूबिदेशीले थापेको पासोमा टाउको छिराएर मर्नु भन्दा मलाई आत्महत्या स्विकार्य छू भनेर नेताहरुको आँखा खोल्ने प्रयत्न गरें तर खोल्न सकिन । पदलोलुप्ताले मान्छेलाई यति साह्रै दृष्टीबिहिन बनाउँछ भन्ने थाहा पाउदा अत्यन्तै दुःख लागेको छ ।’ कोइरालाले उम्मेदवारी दिनु इतिहासकै सबैभन्दा ठूलो भूल भएको केन्द्रीय सदस्य एवं सभासद् चन्द्र भण्डारीले फेसबुमा उल्लेख गरेका छन् । ‘प्रधानमन्त्री पदकों उम्मेदवारको लागि नेता सुशील कोइराला र केपी अाेलीले नामाङकन गरेका छन । तर जो जे भए पनि सुशील कोइरालाको नामाङकन मेरो विचारमा इतिहासको सबै भन्दा ठूलो भुल हुनेछ । जसले उहाँलाई सल्लाह दिए त्यो सल्लाह तिनीहरुको थिएन । मेरो बिचारमा घेरै प्रतिक्रिया आउन सक्दछ । तर, भोलि इतिहासले प्रमाणित गर्नेछ ।’ उनको स्टाटसमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending