Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

मोदीको बधाइ, बामपन्थीलाई प्रभावमा पार्ने भारतीय नयाँ चालः विजुक्छे

\"????????????????????????????????????\"

काठामडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतले नयाँ चाल चल्दै बामपन्थीलाई पनि आफ्नो प्रभावमा पार्न लागेको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले भारतले नेपाली काँग्रेस र मधेशी दल आफ्नो पकेटको भएकाले बामपन्थीलाई पनि आफ्नो प्रभावमा पार्न नयाँ कुटनीति अबलम्बन गरेको हुन सक्ने भन्दै शुसिल कोइराला नेतृत्व सरकारका पालोमा नाकाबन्दी लगाउँदा भारतको कुनै प्रतिक्रिया नआएता पनि ओली प्रधानमन्त्री बन्ना साथ दिएको बधाई र इन्धन लिन गरिएको आग्रह भारतको नयाँ चाल हुन सक्ने बताएका छन् ।

नेपाल र नेपालीका समस्या बुझेर बिस्तारै संविधान संसोधन गर्न सकिने भएता पनि भारतको दबाबमा आएर तत्कालै संबिधान संसोधन गरे त्यसले देशमा अस्थितरता बढ्ने भन्दै उनले तत्कालै संविधान संसोधन देशका लागि घातक सावित हुने बताएका हुन । उत्तर तर्फको छिमेकीले नेपाललाई चाहिने इन्धन आपुर्तिका लागि सहज मार्ग खोल्न सक्ने भएता पनि नेपाल सरकारले कुनै लिखित रुपमा प्रस्तुत र ब्यापार बिस्तार नगरेकाले इन्धन समस्या बढेको उनको भनाई थियो ।

ग्लोबल टेन्डर आव्हान गरेर राम्रो गरेको हल्ला चलाउँदै देशलाई दिर्घकालिन समस्यामा धकेलेको भन्दै ग्लोबल टेन्डरका बारे विगतमै भारतले चाल चलेता पनि त्यो सफल नभएको उनले बताए । ग्लोबल टेन्डरका बारे भारतले सफलता हासिल गर्न नसकेको अवस्थालाई हालको नाकाबन्दीले सफलता दिएको र यसले इन्धन आह्वानमा अव नीजिकरण हुने र भारतको बिरुद्ध कोहि जान नसक्ने उनकोे टिप्पणी थियो । हालको नाकाबन्दी जस्तो भारतका कम्पनीको हातमा ग्लोबल टेन्डर परे जती बेला पनि उनीहरुले इन्धन आपुर्ती बन्द गर्ने सक्ने उनको दाबी थियो । फास्ट ट्रयाक नेपालीको हितमा रहेता पनि यसले दुबै छिमेकीको स्वार्थलाई परिपुर्ती गर्न सक्ने तर निमार्णका सवालमा अरवौं रकमको हिनामिना गर्ने नियताका साथ आएको भन्दै देशको हितलाइ मध्येनजर गरेर मात्र निर्माण गर्नु पर्नेमा उनले जोड दिए ।

तराई आन्दोलन त्यस क्षेत्रका कामदार जनताको लागि भन्दा पनि तस्कर भारतिय दलालहरुका लागि गरिएको भन्दै त्यस क्षेत्रका किसान कामदार वर्गका बारे आन्दोलनको नेतृत्वले कुनै आवाज नउठाएको उनकोे आरोप थियो ।

आफ्नो पार्टीले केपी ओली नेतृत्वको सरकालाई ससर्त लिखत सहयोग गरेको र सरकार निमार्णमा प्रतिपक्षमै बस्ने भन्दै राम्रो कामको समर्थन र गलत कामको बिरोध गर्ने उनको भनाई थियो । केपी ओलीको नेतृत्व सरकारले ठूलै जटिलताको सामना गर्नु पर्ने र काँग्रेस अव प्रतिपक्ष मै बस्ने अवस्था रहेकाले सहमतीको राजनीतिमा खडेरी देखा पर्ने उनकोे भनाई थियो ।

प्रधानमन्त्रीको निर्वाचनका क्रममा सांसदहरुको खरिद बिक्रि जस्ता घृणीत कार्यलाई रोक्न नसक्नु र बिक्रि भएका सांसदहरु नेपाली जनताका प्रतिनिधि हुन् वा छिमेकी देशका एजेन्ट त्यसको छानबीन समेत गर्नु पर्नेमा उनले जोड दिए  ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy