Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

यस्तो रहेछ ल्यार्काल सभाषद बनाउनुको रहस्य

काठमाडौं, एकिकृत नेकपा माओवादीले आन्दोलनको बिचैमा बिबादीत छविका ल्यार्काल लामालाई संविधानसभाको सभाषद बनाउनुको रहस्य खुलेको छ । पटक–पटक छिमेकी राष्ट चिनका नेपालका लागि अधिकारीहरुबाट लामालाई सभाषद बनाउन दवाव आएकोले वाध्य भएर शिफारिश गर्नुपरेको एमाओवादी उच्च स्रोतको भनाई छ । उत्तरको उक्त दवाव एमाओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले ३ पटकसम्म झेलेका थिए । चौथौं पटकमा भने उनले माओवादी कार्यालयमा दवावका बारेमा जानकारी गराए । उस्तै दवाव अर्का नेता बाबुराम भट्टराईलाई पनि आइरहेको कुरा नेता भट्टराईले राखेपछि सिफारिश गर्ने निर्णयमा नेताद्धय पुगेको स्रोतको भनाइ छ । तर एमाओवादी नेतृत्व आन्दोलनको बिचमा निर्णय होओस् भन्ने चाहदैनथ्यो । ३ हप्ता अघि पठाएको शिफारिशलाई निर्बाचन आयोगले सडक आन्दोलनको बिचमा आएर सदर गरिदियो । निर्बाचन आयोगको निर्णयमा राजनीतिक स्वार्थ रहेको र स्वार्थ अनुरुप सडक आन्दोलन मथ्थर बनाउन उहि समयमा आयोगले निर्णय गरिदिएर आफुलाई अप्ठ्यारोमा हालेको एमाओवादीको दावी छ । लामा यसअघि चर्चा गरिजस्तो फ्रि तिब्बत गतिविधिमा संलग्न रहेको भन्ने कुरा पनि उत्तरको यो दवावले गलत सावित गर्दछ । स्रोतका अनुसार फ्रि तिब्बत विरोधीका रुपमा मान्छ । खासमा उनि एक चिनको पक्षधर हुन् । स्रोतको दावी छ–बाहिर चर्चामा आएजस्तो या भनिएजस्तो फ्रि तिब्बत गतिविधिमा उनि संलग्न छैनन् । बरु एक चिनका पक्षमा काम गरिरहेका पात्र हुन् । यसअघि एमाओवादी शान्तिवार्तामा आउनासाथै गिरिजाप्रसाद कोईरालाको सहमतिय सरकार र संसद पुनस्थापनाका बेलामा समेत लामाले तात्कालिन माओवादीलाई प्रभाव पार्न कोशिष गरेका थिए । सिन्धुपाल्चोकका तात्कालिन माओवादी नेता दावा तामाङ्गमार्फत उनि माओवादी सम्पर्कमा पुगेका थिए । पछि एमाओवादीले उनले भनेजस्तो नगरीदिएपश्चात एमाले प्रबेश गरी अर्थ राज्यमन्त्रि समेत बने । दोहोरो नागरिकता बिबादका कारण अर्थराज्यमन्त्रीबाट राजिनामा गरेका लामा दोस्रो संविधानसभाको मुखैमा माओवादी प्रबेश गरेका थिए । एमाओवदीको सल्लाहाकार तथा समानुपातिक सुचिमा समेत रहेका लामा सर्वत्र आलोचित छन् । लामालाई क्रान्तिकारी भनिएको पार्टीले सभाषद नियुक्ति गर्नुको एकमात्र रहस्य भने उत्तरको दवाव रहेको पुष्टी हुन आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy