Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

यस्तो रहेछ ल्यार्काल सभाषद बनाउनुको रहस्य

काठमाडौं, एकिकृत नेकपा माओवादीले आन्दोलनको बिचैमा बिबादीत छविका ल्यार्काल लामालाई संविधानसभाको सभाषद बनाउनुको रहस्य खुलेको छ । पटक–पटक छिमेकी राष्ट चिनका नेपालका लागि अधिकारीहरुबाट लामालाई सभाषद बनाउन दवाव आएकोले वाध्य भएर शिफारिश गर्नुपरेको एमाओवादी उच्च स्रोतको भनाई छ । उत्तरको उक्त दवाव एमाओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले ३ पटकसम्म झेलेका थिए । चौथौं पटकमा भने उनले माओवादी कार्यालयमा दवावका बारेमा जानकारी गराए । उस्तै दवाव अर्का नेता बाबुराम भट्टराईलाई पनि आइरहेको कुरा नेता भट्टराईले राखेपछि सिफारिश गर्ने निर्णयमा नेताद्धय पुगेको स्रोतको भनाइ छ । तर एमाओवादी नेतृत्व आन्दोलनको बिचमा निर्णय होओस् भन्ने चाहदैनथ्यो । ३ हप्ता अघि पठाएको शिफारिशलाई निर्बाचन आयोगले सडक आन्दोलनको बिचमा आएर सदर गरिदियो । निर्बाचन आयोगको निर्णयमा राजनीतिक स्वार्थ रहेको र स्वार्थ अनुरुप सडक आन्दोलन मथ्थर बनाउन उहि समयमा आयोगले निर्णय गरिदिएर आफुलाई अप्ठ्यारोमा हालेको एमाओवादीको दावी छ । लामा यसअघि चर्चा गरिजस्तो फ्रि तिब्बत गतिविधिमा संलग्न रहेको भन्ने कुरा पनि उत्तरको यो दवावले गलत सावित गर्दछ । स्रोतका अनुसार फ्रि तिब्बत विरोधीका रुपमा मान्छ । खासमा उनि एक चिनको पक्षधर हुन् । स्रोतको दावी छ–बाहिर चर्चामा आएजस्तो या भनिएजस्तो फ्रि तिब्बत गतिविधिमा उनि संलग्न छैनन् । बरु एक चिनका पक्षमा काम गरिरहेका पात्र हुन् । यसअघि एमाओवादी शान्तिवार्तामा आउनासाथै गिरिजाप्रसाद कोईरालाको सहमतिय सरकार र संसद पुनस्थापनाका बेलामा समेत लामाले तात्कालिन माओवादीलाई प्रभाव पार्न कोशिष गरेका थिए । सिन्धुपाल्चोकका तात्कालिन माओवादी नेता दावा तामाङ्गमार्फत उनि माओवादी सम्पर्कमा पुगेका थिए । पछि एमाओवादीले उनले भनेजस्तो नगरीदिएपश्चात एमाले प्रबेश गरी अर्थ राज्यमन्त्रि समेत बने । दोहोरो नागरिकता बिबादका कारण अर्थराज्यमन्त्रीबाट राजिनामा गरेका लामा दोस्रो संविधानसभाको मुखैमा माओवादी प्रबेश गरेका थिए । एमाओवदीको सल्लाहाकार तथा समानुपातिक सुचिमा समेत रहेका लामा सर्वत्र आलोचित छन् । लामालाई क्रान्तिकारी भनिएको पार्टीले सभाषद नियुक्ति गर्नुको एकमात्र रहस्य भने उत्तरको दवाव रहेको पुष्टी हुन आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: