Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

विपक्षीका कारण स्थानीय निकायको निर्वाचन भएनः सिंह

इलाम, उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले एनेकपा (माओवादी) र मधेसवादी दलका कारण स्थानीय निकायको निर्वाचन गर्न नसकिएको बताएका छन् । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेको जनगुनासो आए पनि त्यसलाई सम्बोधन गर्न नसकिएको मन्त्री सिंहको भनाई थियो । इलाम जिल्लाको २१औँ जिल्ला परिषद्को मंगलबार उद्घाटन गदै मन्त्री सिंहले दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भनेर जनतालाई भनिए पनि त्यो विभिन्न राजनीतिक दलका कारण हुन नसकेको बताए । ‘संविधान जारी गर्न प्रक्रिया अघि बढाउँदा एमाओवादीलगायतका ३० दलीय मोर्चा सडक सङ्घर्षमा गएको बताउँदै सडक सङ्घर्षबाट कुनै निकास निस्कँदैन, वार्ता र सहमतिमा आउनुस्’– उनले भने । जनता आन्दोलनले वाक्क भएको बताउँदै आन्दोलन नभई सहमति र सहकार्यमा अघि बढ्न उनले ३० दलीय मोर्चालाई सुझाव दिए । सङ्घीय गणतन्त्र, लोकतन्त्रलाई संस्थागत गर्न संविधान जारी हुनु आवश्यक रहेको उनको भनाइ थियो । शासकीय स्वरुप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली आदि विषयमा सबै दल सहमति नजिक पुगेकाले संविधान जारी गरेरै छाड्ने उपप्रधानमन्त्री सिंहले बताए । जिल्ला विकास समिति इलामले आगामी आर्थिक वर्ष २०७२/७३ का लागि रु तीन अर्ब १३ करोड २० लाख ७३ हजारको बजेट सार्वजनिक गरेको छ । स्थानीय विकास अधिकारी मदन कोइरालाले कार्यक्रम खर्चतर्फ दुई अर्ब १४ करोड २३ लाख ८५ हजार र प्रशासनिक खर्चतर्फ ९८ करोड ९६ लाख ८८ हजारको बजेट प्रस्तुत गरे । बजेट सार्वजनिक कार्यक्रममा सभासद् केशव थापा, सुजाता परियार, केशवकुमार बुढाथोकी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बजेट कार्यन्वयनमा जोड दिए । सो अवसरमा जिल्लामा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने कृषक, सञ्चारकर्मी, गैससकर्मी, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: