Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

विपक्षीका कारण स्थानीय निकायको निर्वाचन भएनः सिंह

इलाम, उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले एनेकपा (माओवादी) र मधेसवादी दलका कारण स्थानीय निकायको निर्वाचन गर्न नसकिएको बताएका छन् । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेको जनगुनासो आए पनि त्यसलाई सम्बोधन गर्न नसकिएको मन्त्री सिंहको भनाई थियो । इलाम जिल्लाको २१औँ जिल्ला परिषद्को मंगलबार उद्घाटन गदै मन्त्री सिंहले दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भनेर जनतालाई भनिए पनि त्यो विभिन्न राजनीतिक दलका कारण हुन नसकेको बताए । ‘संविधान जारी गर्न प्रक्रिया अघि बढाउँदा एमाओवादीलगायतका ३० दलीय मोर्चा सडक सङ्घर्षमा गएको बताउँदै सडक सङ्घर्षबाट कुनै निकास निस्कँदैन, वार्ता र सहमतिमा आउनुस्’– उनले भने । जनता आन्दोलनले वाक्क भएको बताउँदै आन्दोलन नभई सहमति र सहकार्यमा अघि बढ्न उनले ३० दलीय मोर्चालाई सुझाव दिए । सङ्घीय गणतन्त्र, लोकतन्त्रलाई संस्थागत गर्न संविधान जारी हुनु आवश्यक रहेको उनको भनाइ थियो । शासकीय स्वरुप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली आदि विषयमा सबै दल सहमति नजिक पुगेकाले संविधान जारी गरेरै छाड्ने उपप्रधानमन्त्री सिंहले बताए । जिल्ला विकास समिति इलामले आगामी आर्थिक वर्ष २०७२/७३ का लागि रु तीन अर्ब १३ करोड २० लाख ७३ हजारको बजेट सार्वजनिक गरेको छ । स्थानीय विकास अधिकारी मदन कोइरालाले कार्यक्रम खर्चतर्फ दुई अर्ब १४ करोड २३ लाख ८५ हजार र प्रशासनिक खर्चतर्फ ९८ करोड ९६ लाख ८८ हजारको बजेट प्रस्तुत गरे । बजेट सार्वजनिक कार्यक्रममा सभासद् केशव थापा, सुजाता परियार, केशवकुमार बुढाथोकी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बजेट कार्यन्वयनमा जोड दिए । सो अवसरमा जिल्लामा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने कृषक, सञ्चारकर्मी, गैससकर्मी, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy