Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

उपत्यकामै असुलियो चौबरसम्म बढी भाडा

\"bus\"काठमाडौँ । दसैँको मुख्य दिन नजिकिँदै जाँदा सार्वजनिक यातायातमा मनपरी भाडा असुल्ने क्रम बढ्न थालेको यात्रुले गुनासो गरेका छन् । विभिन्न नाकाबाट उपत्यका बाहिरिने यात्रुसँग मात्र होइन भित्रै पनि सरकारले तोकेभन्दा तेब्बर/चौबर बढी भाडा लिएर यातायात सञ्चालन हुन थालेको उनीहरुले गुनासो गरेका छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा कुनै नियम नै नभएको स्थानमा जस्तो गरी भाडा असुलेको भेटिने गरेको यातायात व्यवस्था विभागले जनाएको छ । असोज ३ गते संविधान जारी भएपछि भारतले अघोषित रुपमा नाकाबन्दी लगाएकाले सहज रुपमा इन्धन भित्रिन सकेको छैन । यसैले सरकारले निजीलाई भन्दा सार्वजनिक सवारी साधनलाई इन्धन उपलब्ध गराउँदै आएको छ । जसका कारण सार्वजनिक यातायातको दादागिरी बढी मनपरी भाडा उठाएको आफूले अनुभव गरेको यात्रु प्रतीक्षा दुलालले बताए । “स्कुटरमा तेल हाल्न गए पाइँदैन पम्पले सार्वजनिक सवारी साधनलाई मात्र इन्धन दिने अनुमति छ भन्छ, सहुलियत पाएका सार्वजनिक सवारी साधनले सरकारले तोकेको भाडादरमा यातायात सञ्चालन गर्नुपर्नेमा आफूखुसी असुली रहेका छन्, सम्बन्धित सरकारी निकाय सक्रिय नहुँदा हामी मारमा परेका छौँ”– उनले भने । पाँच दिन लाइनमा बसेर इन्धन हालेको भन्दै सवारी साधनका चालक र सहयोगीले मान्छे गुन्द्रुक झैँ खाँद्ने भाडा भने चौबरसम्म बढी असुल्ने गरेको पीडित यात्रुको गुनासो छ । भदौ २५ गते विभागले न्यूनतम् रु १३ को भाडादर लागू गरेपछि केही दिन अनुगमन गरी केही सवारी साधनलाई कारबाहीको प्रक्रिया अगाडि बढाउँदा सार्वजनिक सवारी साधनमा मनपरी भाडा असुल्ने काम रोकिएको थियो । इन्धनको अभावसँगै फेरि मनपरी भाडा असुल्ने क्रम बढेको उपभोक्ता अधिकारवादी रोशन पोखरेल बताए  । “अहिले कारबाही पनि भएको छैन जसले गर्दा सवारी साधनका चालक र सहयोगीमा हामीले जे गरे पनि हुन्छ, दसैँ भनेकै मनपरी भाडा उठाउने समय हो जस्तो भएको छ, अधिकांश गाडीमा विद्यार्थी,ज्येष्ठ नागरिकलाई सहुलियतसमेत दिइएको द्धैन ।”– उनले भने । अर्का यात्रु नरेन्द्र बस्नेत उपत्यकाका सवारी साधनमा नयाँ मान्छे आएको देख्नेबित्तिकै बढी भाडा लिने प्रचलन बढ्दै गएको बताउनुहुन्छ । “नवरात्रको समय भएकाले सुन्दरीजलमाथि सुन्दरीमाई मन्दिरमा दर्शन गरेर चाबहिल ओर्लदा बा २ ख ५१७० नं को बसले रु ३५ भाडा असुल्यो, विभागले तोकेको रत्नपार्कसम्मको भाडा मात्र रु २३ भएको चुच्चेपाटीस्थित त्यो रुटमा चल्ने सिटी यातायात सेवा समितिको कार्यालयमा जाँदा थाहा पाएको थिएँ, बढी भाडा लियौ भन्दा तेल हाल्न लाइनमा बस्नुपर्छ भन्दै गाडी कुदायो”– आफूले भोगेको घटना सुनाउँदै उनले भने । विभागका प्रवक्ता वसन्त अधिकारी भने पाँच दिन लाइन बसेर इन्धन हालेको, बढी पैसा तिरेर किनेको जस्ता बहानामा बढी भाडा लिन नपाइने र विद्यार्थी सहुलियत सधैँभरिका लागि भएको बताए  । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy