कर्मचारीहरुकै मिलेमतोमा फेरि अर्को ‘नटवरलाल कण्ड’ !
फाल्गुन १९ गते, २०७१ मगलवार 3rd March, 2015 Tue०९:०८:४८ मा प्रकाशित
[caption id=\"attachment_4301\" align=\"alignleft\" width=\"251\"] फरार सचिव मगर[/caption]
बारा, जिल्ला विकास समिति बाराका प्रशासकीय अधिकृत, लेखापाल, र प्रशासन शाखाका प्रमुखहरुसँग मिलेर एक सचिवले ब्रह्मलूट मच्चाई फरार भएपछि हल्लीखल्ली मच्चिएको समाचार छ ।
बाराका नागरिकलाई अँध्यारोमा राखी लूट मच्चाउने नाइके अर्थात् बारा जिल्लाको पथरा र देवापुरटेटा गाविसका सचिव रहेका धर्मरुवा मगरले जिविस बाराका कर्मचारीहरुलाई आर्थिक लोभमा पारेर लाखौं रकम लिई फरार भएपछि अहिले चर्चाको विषय बनेको छ ।
उनले जन्म दर्ताको प्रमाणपत्रमा सहीछाप लगाए, नागरिकताको सिफारिसमा मोहर पनि लगाए । त्यति मात्रै कहाँ हो र उनले त सिंगो गाविसको परिषद पनि गराए । र, अन्त्यमा पोखरीको ठेक्का पनि लगाइछाडे । हजुर ! यो कुनै आम मान्छे नभई जिल्ला विकास समिति बाराका एक जना नटवरलाल (कर्मचारी) को गाविस सचिवका रुपमा दिनदिनै गर्ने कामको दिनचर्या हो ।
गत मंसिर १७ गते समान्य प्रशासन मन्त्रालयको चिठी लिई जिविस बारा आएका खरदार पदका मगरले जिविसबाट पथरा र देवापुरटेटा गाविसको काम गर्ने जिम्मेवारी पाए । आफैंले मन्त्रालयबाट पत्र लिएर आएका मगरले जिविस बाराका कर्मचारीको सहयोगबाट गाविसमा काम गर्ने जिम्मेवारी पनि पाए, खाता नखोलीकनै तलब पनि बुझे र अहिले उनी सचिव रहेको पथरा गाविसको पोखरी ठेक्का लगाएवापत रु १० लाख र गाविस अनुदानको चार लाख गरी १४ लाख रुपैयाँ लिएर फरार भएपछि उनको ब्रह्मलूटको पार्दाफास भएको हो ।
सचिव मगर विगत तीन सातादेखी फरार भएपछि उनको बारेमा खोज्दै जाँदा उनी नक्कली कर्मचारी रहेको फेला परेको जिविस बाराका प्रवक्ता भरतप्रसाद यादवले बताए ।
उनको बारेमा शिक्षा मन्त्रालयको अनौपचारकि सेवा केन्द्र, कर्मचारी किताब खाना, समान्य प्रशासन मन्त्रालय लगायतका स्थानमा बुझदा उनको बारेमा कुनै पनि अभिलेख फेला नपरेको र उनल ल्याएको सबै कागजात नक्कली भएको प्रमाणित भएपछि उनीमाथि कारवाही गर्न मन्त्रालय तथा गृहप्रशासनलाई पत्राचार गरिएको जिविस बाराका प्रबक्ता यादवले बताए ।
भक्तपुरको मगर गाउँ घर भएको बताउँने मगरले समान्य प्रशासन मन्त्रालयको सरुवा पत्र, शिक्षा मन्त्रालयको रवानापत्र हुबहु सक्कली देखिने गरी सहिछाप लागेको पत्रहरु जिविस बारामा लिएर मंसिर १७ गते हाजिर भए । नियम अनुसार रवाना लिएका कर्मचारीहरुको बिवरणको \'अफिसियल\' पत्राचार सम्बन्धित कार्यालयमा गरिन्छ ।
तर मन्त्रालयबाट कुनै पत्र नै नआईकन मगरले ल्याएको नक्कली पत्रकै भरमा जिविसका प्रशासन शाखाका प्रमुख गणनायक ठाकुरले कार्यालयका सेक्सन ९ प्रशासकिय अधिकृत ० उमेश रेग्मीको निर्देशनमा गाविसको जिम्मेवारी दिए । गाविसको जिम्मेवारी पाएका मगरले जिविसबाट मंसिर १७ गते देखी पुस महिना सम्मको तलब भाता समेत गरी २६ हजार रुपैया जिविसका लेखापाल कमल पौडेलले खुवाएका छन् ।
जिविस बाराबाट खटिने कर्मचारीहरुको तलबभाता हालसम्ममा बैंक खाताबाटै दिदै आएका लेखापाल पौडेलले मगरलाई भने खाता नखोलि उनकै नामको चेकबाट तलब भाता भुक्तानी गर्दै आएका छन् ।
जिविस बारामा ७६ वटा गाविस रहेको छन् । सरकारी नियम अनुसार मगर खटो गाविसहरुको खाता जिविस बाराका सेक्सन रेग्मीको संयुक्त हस्ताक्षरमा खोलिएको छ । जिविसमा मगरको पहिचान झलकिने कुनै पनि सरकारी कागजात नलिई उनको परिचयपत्र पनि बनाईएको छ । यसरी बिनाप्रमाण नक्कली व्यक्तिलाई दुई गाविसको जिम्मेवारी दिईनु, मन्त्रालयको पत्र बेगर नै काममा खटाउँनु र विना सरकारी प्रमाण तलब खुवाउँने कार्य संकास्पद भएपछि यस ब्रह्मलुट घटनामा मगरसंगै जिविस बाराका सेक्सन रेग्मी, प्रशासन शाखाका प्र
मुख ठाकुर र लेखापाल पौडेल समेत तानिने भएका छन् ।
जिविस बाराका स्थानिय बिकाश अधिकारी राजेन्द्रदेव पाण्डे फागुन ८ गतेदेखी बिदामा गएपछि उनी पनि सम्पर्क बिहिन भएका छन् । प्रशासकिय अधिकृत तथा कायममुकायम स्थानीय बिकास अधिकारी समेत रहेका रेग्मीले संचारकर्मीहरुको फोन नउठाई सम्पर्क बिहिन भएका छन् । यता बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले घटनाको बारेमा बिस्तृत अध्ययन भईरहेको बताए ।
घटना कसरी भयो त्यसको बारेमा अध्ययन गरिरहेका छौ’ प्रजिअ पन्थीले भने ।।।यस्तो गैरकानुनी कृयाकलापमा संलग्न रहेकाहरुको बारेमा समेत बुझेर कारवाही गर्ने, यसमा जोजो संलग्न छन् सबैलाई कारवाही गरिनेछ ।’
मगरले दिएको कर्मचारी संकेत नम्बर १९७०४२ समेत अनुन्धान गर्दा संकेत नम्बर समेत नक्कली रहेको कुरा जिविस श्रोतले बताएको छ ।
फरार भएका नक्कली सचिव जिविसमा हाजिर भएको केही हप्ता नवित्दै कमिशनको भरमा नागरिकता नहेरीकन नै जिविस बाराको प्रशासकीय अधिकृत उमेश रेग्मी तथा प्रशासन शाखाका अर्का कर्मचारी गणनायक ठाकुरले पौष २ गते देखि दुई वटा गाविसको जिम्मेवारी दिएका थिए ।
(न्यूज अभियान डट कमले उपलब्ध गराएको सामग्रीमा आधारित)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: