Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

चीनले नेपाललाई तेल दिने भएपछि भारतमा हंगामा

\"China5\"काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरी नेपालको दैनिक जीवन अस्तव्यस्त भइरहेका बेला छिमेकी चीनले नेपाललाई पेट्रोलसहितका इन्धन दिने भएपछि भारतमा हंगामा भएको छ । ५० वर्षभन्दा बढीको एकाधिकार तोड्दै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी अघि बढेपछि भारतीय प्रमुख मिडियाहरुमा यो समाचारले प्रमुखता पाएको हो । इण्डियन अायल कर्पाेरेसनकाे एकाधिकार ताेड्ने गरी नेपालकाे नयाँ सरकारले प्रक्रिया अघि बढाइसकेकाे समाचाहरूमा उल्लेख छ ।   चीनले नेपाललाई १० लाख लिटर पेट्रोल दिन सहमति गरेको र दीर्घकालीन रुपमा इन्धन दिने तयारीलाई अघि बढाएपछि भारतीय प्रमुख मिडियाले भारतीय एकाधिकार तोडिन लागेको भन्दै प्रमुखताका साथ समाचार हालेका हुन् ।   गत शनिबारमात्र भारतीय नाकाबन्दीपछि व्याप्त समस्याले गर्दा चीनले नेपाललाई तेल दिने तयारी अघि बढेको समाचार सार्वजनिक भएलगत्तै भारतीयसहितका विश्वभरका मिडियाले प्रमुखताकासाथ समाचार कभरेज गरेका हुन् ।   समाचार समाचार माध्यमहरु एनडीटिभी इण्डियाको अनलाइन संस्करण, आइविएन सेभेन जी न्यूज, द इण्डियन एक्सप्रेस, इण्डिया टाइम्ससहितमा चीनले दिन लागेको तेलको पहिलो खेप केही दिनमा नै नेपाल आउने उल्लेख गरिएको छ ।   इण्डिया टाइम्सले त अब भारतको नेपाललाई तेल बेच्ने एकाधिकार समाप्त भएको उल्लेख गर्दै समाचार लेखेको छ । चीनबाट तेल आउने तयारीसँगै नेपालले भारतीय एकाधिकार तोडेको समाचारमा उल्लेख छ । आइबीएन सेभेनले त चीनले नेपाललाई तेल दिंदै गर्दा ‘हिमालयमें चीन की सुरंग’भन्दै चीनले हिमाल मुनीबाट सुरुङ खन्दै काठमाडौंसम्म रेल ल्याउन लागेको समाचार अनलाईनमा हालेको छ । चीनको यो तयारी भारतको लागि खतराको घण्टी भन्दै भारत सचेत हुनुपर्ने समाचारमा उल्लेख छ । भूकम्पपछि संकटमा रहेकाे नेपाललाई भातरले नाकाबन्दी गरेपछि बाध्य भएर नयाँ सरकारले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढाएकाे हाे । \"China \"China\" \"china2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE