Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

पासाङलाई उपराष्ट्रपति हुन नदिने खेलमा एमालेका नेता पनि

\"pasang\"काठमाडौं । एकिकृत नेकपा माओवादीका नेता तथा पूर्वजनमूक्ति सेनाका कमाण्डर नन्दकिशोर पून पासाङलाई उपराष्ट्रपति बनाउन नहुनु भन्दै राजनीतिक लबिङ गरिरहेको पूर्व सेनापति रुक्माङगत कटुवालले एमालेका केही केताहरुलाईसमेत प्रभावमा पारेका छन् ।   एकिकृत नेकपा माओवादीले उपराष्ट्रपतिमा पूर्वजनमूक्तिसेनाका कमाण्डर पासाङलाई प्रस्तावित गरेको छ भने एमालेले विद्या भण्डारीलाई राष्ट्रपति बनाईसकेको छ । स्रोतका अनुसार सत्ता साझेदार दुई ठुला दल एमाले र एमाओवादीले राष्ट्रपति र उपराष्ट्रपति क्रमश लिने सहमति भएअनुरुप एमालेका तर्फबाट विद्या भण्डारी राष्ट्रपति भइसकेकी छिन् ।   एमालेका केही नेताहरु जनमूक्ति सेनाका कमाण्डर भएकै कारण पासाङलाई राष्ट्रपति बनाउन नहुने लबिङ गर्न थालेको स्रोतको दाबी छ । एमाओवादीसँगको सहमतिका कारण आफुलाई अप्ठ्यारो हुने भन्दै उनिहरुले राप्रपा, माले लगायतका साना दलहरुलाई उचालिरहेको स्रोत बताउँछ ।   पासाङको चर्चा चल्न थालेलगत्तै पूर्वसेनापति रुक्माङ्गत कटुवालले बनाउन नहुने लबिङ थालेका थिए । उनी भारतीय दुतावास पुगेर भारतीय राजदुत रंजित रे लगायतलाई समेत गुहारेको स्रोत बताउँछ । साथै कटवालले एमाले तथा कांग्रेसका नेताहरुलाई समेत पासाङलाई राष्ट्रपति बनाए नेपाली सेनाले नमान्ने भन्दै धम्क्याइरहेका छन् । तर नेपाली सेनाका सेनापति लगायतका जर्नेलहरु भने यसबारेमा आफुलाई नमुछ्न भनिरहेका छन् ।   स्रोत भन्छ, –कटवालले सेनाका हवाला दिएर बदनाम गर्न खोजेकोप्रति नेपाली सेना सचेत छ । सेनाले राजनीतिक नेतृत्वलाई प्रजातान्त्रिक तथा राजनीतिक प्रक्रियाप्रति आफु असहमत हुनै नसक्ने बताईसकेको छ ।   यता एमाओवादीले भने  यस्ताखाले चलखेलप्रति चनाखो रहेको र पासाङ नै उपराष्ट्रपतिको उम्मेदवार हुने बताएको छ । एमाओवादीका एक नेताले भने, –‘हामीलाई एमालेका केही नेताहरुले कहाँ के गरे भन्ने भन्दापनि संस्थागतरुपमा एमालेले के गर्छ भन्ने चासो छ । घात भए र पासाङ पराजित गराइए सरकारका बारेमा सोच्छौं ।’   एमालेको विर्सनपर्ने विगत एमालेलाई एमाओवादीले जति र जुनरुपमा सहयोग गरेपनि एमालेले भने एमाओवादीलाई घात गर्दै आइरहेको विगत छ ।   कटवाल प्रकरणमा एमालेका तात्कालिन अध्यक्ष झलनाथ खनालले पहिला तात्कालिन प्रधानमन्त्री प्रचण्डलाई साथ दिने बचन दिएपनि पछि आएर धोका दिएका थिए ।   एमालेको सोही असहयोगका कारण प्रचण्डले तात्कालिन अवस्थामा राजिनामा दिनु परेको थियो ।   एमालेका नेता माधवकुमार नेपाल संविधानसभाको निर्बाचनमा दुईदुई ठाउँबाट पराजित भएपछि एमाओवादीका अध्यक्षकै सहयोग पून सभाषद बनाइएका थिए । पछि  प्रचण्ड सरकार गिराउन मात्रै लागेनन् आफै प्रधानमन्त्रीसमेत बने । अहिले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र एमालेकै नेतृ विद्या भण्डारी राष्ट्रपति बन्न एमाओवादीको सम्पूर्ण भुमिका रह्यो तर एमालेले अन्तिममा आएर उपराष्ट्रपतिमा एमाओवादीलाई पुरानै रबैया देखाउँछ कि आफुलाई नैतिक रुपमा उभ्याउँछ त्यो भने उपराष्ट्रपतिको निर्बाचनसम्म कुर्नपर्छ ।   उपराष्ट्रपति पदको निर्वाचन कात्तिक १४ गते उपराष्ट्रपति पदको निर्वाचन कात्तिक १४ गते शनिबार बिहान ११ बजे हुने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन भोलि बुधबारका लागि तोकेको थियो । सभामुख ओनसरी घर्तीले विशेष कारणवश उप–राष्ट्रपति पदको निर्वाचन १४ गते शनिबार बिहान ११ बजे गर्ने गरी मिति र समय संशोधन गर्न तोक्नुभएको व्यवस्थापिका–संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy