Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दुई अर्ब विलम्ब शुल्क विदेशी कम्पनिलाई

\"nepali_mony\"पर्सा । संविधान संशोधन र सिमाङ्कनको बिरोध गर्दै मधेस केन्द्रित दलहरुले गरेको बन्द हड्ताल तथा भारतको अघोषित नाकाबन्दीको कारण वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा एक लाख १३ हजार मेट्रिकटन माल बस्तु थन्किएको छ । बन्द हड्तालको कारण बन्दरगाहमा काम गर्ने मजदुरले काम नगर्दा तथा ढुवानीका साधन सञ्चालनमा नआएकाले आयात गरिएका रु १२ अर्बभन्दा बढीका खाद्यान्न, मलखाद, औद्योगिक कच्चा पदार्थ, विद्युतीय उपकरणलगायतका वस्तु बन्दरगाह यार्डभित्र अलपत्र परेको छ । विगत अढाई महिनादेखि बन्दरगाह भन्सार सहजरुपमा आफ्नो काम कारवाही सञ्चालन गर्न नसक्दा सोको असर भन्सारको राजश्व सङ्कलनमा समेत परेको छ । बन्द हड्तालको कारण सुख्खा बन्दरगाहले आफ्नो काम कारवाही सहजरुपमा सञ्चालन गर्न नसक्दा अढाई महिनामा रु दुई अर्ब ५० करोडभन्दा बढी राजश्व अवरुद्ध हुनगएको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका निमित्त प्रमुख हरिहरप्रसाद पौडेलले जानकारी दिए । उनले भदौ, असोज र कात्तिकको ११ गतेसम्ममा रु दुई अर्ब ४४ करोड ८७ लाखभन्दा बढी राजश्व घाटा भएकोे बताए । विभागले ड्राइपोर्ट भन्सार कार्यालयलाई भदौ महिनामा रु एक अर्ब ५२ करोड १३ लाख ३३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा सो कार्यालयले रु ७९ करोड ५७ लाख ८० हजार मात्र सङ्कलन गरेको पौडेलले जानकारी दिए । “असोजमा भन्सार कार्यालयले रु नौ करोड ४४ लाख २५ हजार मात्र राजश्व सङ्कलन गरेको छ” उनले भने । विभागले असोज महिनाका लागि रु एक अर्ब ३४ करोड २३ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । कात्तिक महिनामा रु एक अर्ब ४३ करोड १८ लाख ४३ हजारको लक्ष्य दिएकामा कात्तिक १० गते सम्ममा रु २७ लाख मात्र राजश्व सङ्कलन गर्न सकेको छ । कलकत्ता बन्दरगाहबाट नियमित मालबस्तु रेलमार्फत आयात भएपनि माल बस्तु निकासी गर्न नसकेको कारण बन्दरगाह यार्डभित्र रहेको गोदाम भरिएर खुल्ला आकासमुनि मालबस्तु राख्नुपर्ने अवस्था सिर्जना भएको भन्सारले जानाएको छ । भारत तथा तेस्रो मुलुकबाट आयात गरिएको खाद्यान्न र मल खुल्ला आकासमुनि राखिएको कारण उक्त बस्तु बिग्रिने सम्भावना बढ्दै गएको निमित्त प्रमुख पौडेलले बताउनुभयो । मधेसी दलले गरेको आन्दोलनका कारण वीरगन्ज नाकाबाट कारोवार गर्ने व्यपारीले ट्रक र कन्टेनरको विलम्ब शुल्ककोे नाममा करिब रु दुई अर्ब विदेशी कम्पनीलाई तिर्नुपरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्यसमेत रहेका वीरगन्जका उद्योगी विजय सरावगिले सिर्सिया ड्राइपोर्टमा एक हजारभन्दा बढी र सिमावर्ती भारतीय सहरको बाटोमा रहेका दुई हजार कन्टेनरको विलम्ब शुल्कको रुपमा नेपाली उद्योगी व्यापारीले तिर्नुपर्ने अवस्था रहेको बताए । नेपालका लागि मालसमान लिएर आउने कन्टेनरलाई भारतीय सिपिङ कम्पनीले १४ दिनको समय छुट दिने गरेको भएपनि आन्दोलनका कारण बढी समय लागेकाले विलम्ब शुल्क तिर्नुपर्ने बाध्यता रहेको सरावगीले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies