Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

मोर्चाका कार्यकर्ताद्धारा दुईवटा सवारी साधनमा आगजनी

महोत्तरी । महोत्तरीको सोनमामा मधेसी मोर्चाका कार्यकर्ताले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । मोटरसाइकलमा लोड गरी गौशाला बजारतर्फ ल्याउँदै गरेको अवस्थामा नम्बर स्पष्ट हुन नसकेका प्लाटिना मोटरसाइकलमा आगजनी गरिएका हुन् । रातिको समयमा सो मोटरसाइकलमा ३०० लिटर पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याउँदै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताले सोनमा बजारमा आगजनी गरेको स्थानीयवासी अमित यादवले जानकारी दिए । मोटरसाइकलको आंशिक भाग जलेकाले नम्बर स्पष्ट हुन नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सवारी साधनमा आगजनी गर्ने कार्यमा संलग्नको खोजी भइरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले बताए । त्यस्तै सर्लाहीको गौरीशङ्करमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले ट्र्याक्टरमा आगजनी गरेको छ । आज बिहान ३ बजे गौरीशङ्कर– ९ श्रीनगर र सागरनाथ जङ्गलको बीचमा रहेको स्थानमा मोर्चाका कार्यकर्ताले ज१त ६१८५ नंको ट्र्याक्टरमा आगजनी गरेको हो । सीमावर्ती भारतीय बजारबाट ल्याएर सर्लाहीको लालबन्दीतर्फ सो ट्र्याक्टरमा चारवटा ड्रममा डिजेल लैजाँदै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर आगजनी गरेको मोर्चाका कार्यकर्ता उपेन्द्रसिंह कुशवाहाले जानकारी दिए । आगजनीबाट ट्र्याक्टर आंशिक रुपमा जलेको हो । अनिश्चिकालीन आमहडतालको समयमा भारतीय बजारबाट पेट्रोलियम पदार्थको तस्करीमा वृद्धि भएको भन्दै त्यस्ता पेट्रोलियम पदार्थ नष्ट गरिएको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending