Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

भैरहवामा फेरि निषेधित क्षेत्र घोषणा

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा फेरि निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले आइतबार साँझ ६ बजेदेखि आगामी कात्तिक २० गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा जुलुस, पाँच जनाभन्दा बढी मान्छे हिँड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार भैरहवाको पूर्वमा वसन्तपुर गाविसको बाइपास सडक, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायादेवी चोक, उत्तरमा नेपाल विद्युत् प्राधिकरणको कार्यालय र दक्षिणमा भैरहवा भन्सार कार्यालयको मूलढाटसम्म तथा सिद्धार्थराजमार्गको ३०० मिटर वरपरसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्लामा अनियन्त्रित व्यक्ति समूहबाट हिंसात्मक वा बिध्वंसात्मक कार्य गरी सार्वजनिक तथा निजीसाधनको तोडफोड गरी हुलदङ्गा एवम् अशान्ति हुनुका साथै अराजकस्थिति उत्पन्न भई शान्ति भङ्ग हुने परिस्थिति देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) बमोजिम ती क्षेत्र र स्थानमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारीबाट हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रशासनले निषेधित क्षेत्र घोषणा गरे पनि यातायात, पसल, बजार भने सहजरुपमा सञ्चालन गर्न पाइने प्रजिअ ढकालले जानकारी दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending